काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाण्डौले फागुन २१ गते घोषणा गरेको निर्वाचनको मौन अवधि शुरु भएको अवस्थामा काठमाण्डौका विभिन्न स्थानमा निर्वाचन बहिस्कार गर्न अनुरोध गर्दै प्रधानमन्त्रीको पुत्ला दहन तथा कोण सभाहरु सम्पन्न गरेको छ । काठमाण्डौका विभिन्न नगरपालिकाहरुमा बहिस्कार कार्यक्रम सम्पन्न गरिएको हो । दक्षिणकाली नगरपालिकामा सुरेश तामाङले सम्बोधन गर्नु भएको थियो । बुढानिलकण्ठ नगरपालिकामा कमला चन्द, शंकरापुरामा दोर्जी सेर्पा , काठमाण्डौ महानगरपालिका भेडासिङमा बन्धु देव पाण्डेले सम्बोधन गर्नु भएको थियो र कार्यक्रममा वक्ताहरुले सबै जनतालाई यो निर्वाचनले जनताको समस्या समाधान गर्न नसक्ने भन्दै निर्वाचन बहिस्कार गर्न र स्वाधिन संयुक्त सरकार गठनकोलागि संघर्ष गर्न अनुरोध गर्नु भएको छ ।

