-चन्द्रहरी सुवेदी
संसदीय व्यवस्थाको विशेषता मध्ये आवधिक निर्वाचन एउटा विशेषता हो । संसदीय व्यवस्था मान्ने सबैले निर्वाचनमा भाग लिनुपर्छ । यो उनीहरुको कर्तव्य र अधिकार दुवै हो । आफ्नो व्यवस्थामा त्त्यो अवथा मान्ने सबैले भाग लिन्छन् । भाग नलिनु उनीहरुको असक्षमता र कायरता हो । जसले संसदीय व्यवस्था (संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था संविधानको धारा ७४) नमान्नेहरुले संसदीय व्यवस्थामा भाग लिंदैनन् । संसदीय व्यवस्था नमान्नेहरुले कि बहिष्कार गर्छन् कि उपयोग गरेर संसदभित्रै गएर भण्डाफोर विरोध र ध्वंश गर्छन् । आजभन्दा १३० वर्ष अगाडि लेनिनले रुसमा यो दुवै विधिको सफल प्रयोग गर्नुभयो । बहिष्कार गर्दा पनि आन्दोलनको भेलले संसदरुपी ‘दुमा’ को १९०५ को चुनाव नै हुन नसक्ने गरी बगाई दियो । उपयोग गरेर दोस्रो पोजिसनमा हुँदा पनि विद्रोहको आह्वान गरेर १९१७ को अक्टोबर क्रान्ति सम्पन्न गरेर चुनावमा बहुमत ल्याउने पार्टीहरुलाई धुलो चटाइदिनु भयो । १९०५ भन्दा यता नदीहरुमा धेरै पानी बगिसकेको छ । संसदीय व्यवस्थाले प्रगतिशील चरित्र गुमाईसकेको छ । विकसित पुँजीवादी देशमा “सांसदले” बोलेको कुरा सूचना लिइन्छ । त्यसलाई सम्बोधन गर्ने सुधार गर्ने, समन्वय गरेर बीचको बाटो अपनाउने गरिन्छ । तानाशाही चरित्र भएका संसदीय प्रणाली अपनाएका देशमा १ भोटले जितेर बहुमत ल्याउनासाथ विरोधीलाई दमन गरिन्छ र उनीहरुको कुरा सुनिंदैन ।
कम्युनिस्टहरुको व्यवस्था संसदीय व्यवस्था होइन । संसदीय व्यवस्थामा सरकारमा जाने कुरालाई लेनिन अत्यन्तै घृणा गर्नुहुन्थ्यो र फ्रान्सको मिलेरावादी जस्तै हुन् भन्नु हुन्थ्यो । नकारात्मक ढंगले हामीले मनमोहनलाई इमान्दार भन्न सक्छौं । उनी प्रधानमन्त्री भएको बेला अमेरिकामा जाँदा न्यूज वीक भन्ने पत्रिकालाई अन्तर्वार्ता दिंदै भनेका थिए , “अन्तर्राष्ट्रिय रुपमा हामी कम्युनिस्ट होइनौं, ‘सामाजिक प्रजातन्त्रवादी’ हौं । नेपालमा हामी कम्युनिस्ट हौ । किनकि नेपाली जनता गरिब छन् कम्युनिस्टलाई मन पराउँछन् र कम्युनिस्ट पार्टी नाम नराखेसम्म भोट नै दिंदैनन् ।” भनेका थिए । नेपालका कम्युनिस्टहरु कांग्रेस जतिपनि इमान्दार छैनन् । कांग्रेसले ३० वर्षसम्म पंचायती चुनावमा भाग लिएनन् । संसदको गन्धै नभएको निरंकुश निर्दलीय पंचायती चुनावमा समेत आफूलाई कम्युनिस्ट भनाउनेहरुले “जनपक्षीय उम्मेदवार” भनेर भाग लिएर पंचायती भक्त पड्काए ।
कहिलेकाही व्यवस्था नांगिएको बेलामा दोहोरो आशा प्रणाली अपनाउँदै संसदभित्र गएर व्यवस्थालाई नटुंग्याउने, भण्डाफोर गर्ने र विद्रोहको आह्वान गर्ने; बाहिरबाट किसान मजदुरको नेतृत्वमा विद्रोहको जनसागर उरालेर भित्र र बाहिरको तालमेल मिलाएर पुरानो व्यवस्था सत्तालाई ध्वस्त पार्ने र नयाँ जनवादी क्रान्तिको खुडु्किलो पूरा गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने काम गर्नुपर्दछ । नेपालमा अहिले राजनैतिक पार्टीहरुलाई तीन धारमा विभाजन गर्न सकिन्छ । पहिलो क्रान्तिकारी धारा– यसमा संयुक्त संघर्ष समिति बनाएर संसदीय व्यवस्थालाई उखेलेर फालेर नयाँ जनवाद/ समाजवाद ल्याउने पार्टीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत स–साना विचार,समूह, व्यक्ति,व्यक्तित्व, संघ,संस्था ; दोस्रो यथास्थितिवादी धारा – जसले यही संसदीय व्यवस्थालाई मान्ने निवाचनमा भाग लिने ११४ वटा पार्टी र तेस्रो पश्चगामी धारा– राजा, राजसंस्थाका पक्षधर धार्मिक कट्टरपन्थीहरु धर्मलाई राजनीतिसँग जोड्नेहरु , उदाहरणकोरुपमा राप्रपालाई लिन सकिन्छ । चुनावमा भाग लिएर पनि यो पार्टीले ‘पूर्वराजालाई फर्काउने, हिन्दु धर्म सहितको व्यवस्था ल्याउने गरि संविधान संशोधन गर्ने भन्ने आफ्नो एजेण्डा सहित चुनावमा गएको छ । बाँकी पार्टी व्यवस्था यही अवस्था बदल्ने भन्छन् ।
वर्तमान इण्डो अमेरिकन कठपुतली सरकारले गराउने निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधली रहित हुनै सक्दैन । सेना परिचालन गरेर गराइएको निर्वाचन निष्पक्ष हुनै सक्दैन । २०७० सालको दोस्रो संविधानसभामा ‘हाम्रा भोट खोइ’ भन्दै रुँदै मतगणना स्पट बहिष्कार गरेर हिंडेको पुष्पकमल दाहालको पार्टीलाई हामीले विर्सनु हुँदैन । यो व्यवथा यति नांगिइसकेको छ कि अहिले भोट हालेर केही हुन्छ भन्ने कसैलाई विश्वास छैन । देशलाई खरानी बनाउनेको नेतृत्व गरेको रास्वपालाई जिताउने गरी इण्डियाको समर्थनमा अमेरिकी बारबरा सरकारले अमेरिकन नव दलाल बालेन र गगनको बहुमत आउने गरी यो चुनावको आयोजना गरेको हो भन्ने कुरा राजनैतिक साक्षर मानिस सबै बुझेका छन् । यो चुनावमा भाग लिएर डाकिएका पार्टीहरुले भोलि साम्राज्यवादको विरोधमा बोल्ने नैतिक हतियार समेत गुमाउने छन् र तीनका कुरा कसैले पत्याउँदैनन् । वर्तमान कठपुतली सरकारले शुरुमा बहिष्कार गर्ने कुनै पार्टी छैनन्, सबैले भाग लिंदैछन् भनेर दिउँसै रात पार्ने कोशिस ग¥यो । जब बहिष्कार आन्दोलनले जोड पकडयो धेरै मानिस सहभागी हुनथाले, अझ पूर्व राजाले पहिला राष्ट्रिय सहमति अनि चुनव भने । राप्रपा बाहेकका राजसंस्था पक्षधरहरुले समेत निर्वाचनमा मत नहाल्ने निर्णयमा पुगे । त्यसपछि त यो सरकार रेविज रोग लागेको कुकुर जस्तै बहुलाउन थाल्यो । झण्डै १०० जना क्रान्तिकारीहरुलाई हिरासत र जेलमा राखेर चुनाव गराउँदैछ । मतदातालाई थुनेर कस्तो चुनाव गराउने हो । सर्वोच्च अदालतले समेत नो भोटको प्रावधान राख्न भन्दा ५१ प्रतिशत नो भोटमा, भोट आउने देखेर त्यो प्रावधान राख्नै कायर सरकार डरायो । अनि कुनै पनि उम्मेदवार मत नपर्नेले बहिष्कार नभनेर के गर्ने त ? यो सरकारले कि आफूलाई फासीवादी सरकार भन्नु पर्यो नत्र नागरिक र लोकतान्त्रिक सरकार भन्ने हो भने भोट दिने, माग्ने, भोट हालौं भन्नेलाई अधिकार छ, भोट नदिऔं बहिष्कार गरौं भन्ने त्यति अधिकार छ । पछिल्लो चरणमा यी सरकारले पनि बहिष्कार गर्ने, चुनाव भाँड्ने र चुनाव हुन नदिने १२ वटा पार्टी छन् भनेर स्वीकार्न बाध्य भएको छ । प्रधानमन्त्री भई टोपलिएकी सुशीला काकी नोकरशाही कर्मचारीतन्त्राम हुर्किएकी राजनैतिक पार्टीको आस्थामा आक्रमण गर्दे चुनाव जित्न नसक्ने, चन्दा उठाएर खाने पार्टीहरुले बाहिष्कार गरेका हुन भनिन् । सुशीला कार्कीलाई एउटा प्रश्न छ चुनावमा उठेका ११४ वटा पार्टीले सबैले जित्छन् ?
११ नं. व्यूरोमा बहिष्कार आन्दोलन
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मंसिर १६ र १७ गते चितवनमा केन्द्रीय समितिको बैठक गरेर कठपुतली सरकारले गराएको निर्वाचन बहिष्कार गर्ने निर्णय लगत्तै बहिष्कार आन्दोलनको प्रचारप्रसार तीब्र बनाइयो । बहिष्कार गर्ने भाइचारा पार्टीहरु मिलेर शुरुमा ६ पार्टीसँग र पछि ४ पार्टी मात्रसँग संयुक्त संघर्ष समिति बनाएर बहिष्कार आन्दोलनलाई अगाडि बढाइयो । पौष २८ गते चितवन र नवलपुरमा संयुक्त संघर्ष समितिको आयोजनामा मशाल जुलुश, २९ गतेको उपत्यका बन्दलाई समर्थन, माघ २ गते चितवनमा प्रमुख अतिथि आहुतिको उपस्थितिमा निर्वाचनको बहिष्कार सम्बन्धी उद्योग वाणिज्य संघको हलमा भव्य अन्तक्र्रिया कार्यक्रम, माघ ५ गते चितवन मकवानपुरर नवलपुरमा जुलुश तथा सभा सम्पन्न गरियो । सहिद दिवसकै दिन माघ १६ दोलखा इन्चार्ज पूर्ण ब. खड्कालाई गिरफ्तार गरेको विरोधमा चितवन र नवलपुरमा प्रजिअ मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम भयो । ३१ औं जनयुद्ध दिवसलाई बहिष्कार आन्दोलनसँग जोडेर चितवनमा जनयुद्ध दिवस तथा बहिष्कार गोष्ठी र नारा लगाउने र नवलपुरमा पार्टी कार्यलयमा सोही प्रकृतिको कार्यक्रम गरियो । सहिद सप्ताहमा समेत बहिष्कार आन्दोलनसँग जोडेर मंगलपुर चितवनमा शिवराम सहिदचोकमा कोणसभा र नारा लाउने, फागुन १७ गते सप्तगण्डकी क्याम्पसमा रहेको सहिद स्तम्भमा कोणसभा गरी बहिष्कार आन्दोलन अगाडि बढाइयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र संयुक्त संघर्ष समितिको नाममा २० हजार पर्चा छापेर नवलपुर, चितवनमा नवलपुरमा पर्चा वितरण गरियो । नवलपुरमा संयुक्त संघर्ष समितिको नाममा वालपेन्टिङ र क्रान्तिकारी कम्युनिस्ट पार्टीको नाममा कालो झण्डा व्यानर गाड्ने काम सम्पन्न भयो । नवलपुरमा एसपी र एसएसपीले इन्चार्ज र सेक्रेटरीलाई फोन गरेर बोलाएर बहिष्कार सम्बन्धी गतिविधि नगर्न भनेर फासिवादी आदेश दिने काम भयो ।

