सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश

१८ चैत, काठमाडौं । बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम प्रधानन्यायाधीश भएकी छन् । नेपालको संविधानमा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने व्यबस्था छ ।प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले मंगलबार अवकाश भएपछि बरिष्ठतम न्यायाधीशले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन् । सपना प्रधान मल्ल पहिलो संविधानसभा (२०६४ –२०६८) मा सदस्य थिइन् । १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित