काभ्रे । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काभ्रेको आयोजनामा माहिली तामाङको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । २०८२ चैत्र १८ गते सूर्यमान तामाङको सभापतित्व र जिल्ला सचिव ढोग प्रसाद अधिकारीको प्रमुख आतिथ्यता र प्रदीप अस्थानीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । माहिली तामाङको २०८२ माघ २९ गते असायिक निधन भएको थियो । माहिली तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा क्रान्तिकारी कम्युष्टि पार्टी नेपाल काभ्रेले समवेदना प्रकट गरेको छ ।
माहिली तामाङ क्रान्तिकारी कम्युनिष्ट पार्टी जिल्ला सदस्य तथा तिमाल गाउँपालिका सचिव सूर्यमान तामाङको आमा हुनुहुथ्यो ।


Comments

