इरान –अमेरिका वार्ता असफल

काठमाडौं । पाकिस्तानको इस्लामवादमा अप्रील ११ र १२ मा भएको भएको इरान –अमेरिका वार्ता असफल भएको छ । पाकिस्तानको मध्यस्थतामा युद्धरत अमेरिका र इरानका बीचमा अप्रील ११ र १२ मा वार्ता भएको थियो । इरानको मध्यस्थतामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसदका सभामुख मोहमद बागरको नेतृत्वमा इस्लामावादमा २१ घण्टा वार्ता भए पनि निश्कर्षविहीन टुङ्गिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । इरानले आणविक कार्यक्रम त्याग्न अस्वीकार गरेको अमेरिकाको आरोप छ भने इरानले अमेरिकाले युद्ध विरामको समयमा पनि लेवनान माथिको आक्रमण जारी राखेकोले वार्ता असफल भएको समाचारहरुमा जनाइएको छ ।
इरामाथि अमेरिका – इजरायलले फेबु्रअरी २८ देखि निरन्तर रुपमा संयुक्त आक्रमण जारी राखेका थिए । आक्रमणमा परि इरानको सर्वोच्च नेता आयोतल्लाह खामेनी सहित उच्च अधिकारीहरुको मृत्यु भइसकेको छ । अहिले १५ दिने युद्धविराम घोषणा भएको छ । युद्ध विराम घोषणा भएको अवस्था भए पनि वार्ता असफल भए पछि युद्धले कस्तो रुप लिने भनेर चर्चा भइरहेको छ । इरानमाथिको आत्रमण पछि इरानले गरेको प्रत्याक्रमणको कारण विश्व बजारमा तेल तथा ग्यासको मूल्य वृद्धि भइरहेको छ आपूर्तिमा असहजता सिर्जना भएको छ । अमेरिका र इजरेलले मिलेर इरानमा आक्रमण गर्न थालेको ४० दिनपछि युद्धविराम घोषणा भयो।त्यसको केही घण्टाअघि ट्रम्पले होर्मुज जलमार्ग खोल्न इरान तयार नभए ४८ घण्टाभित्र इरानको सबै सभ्यता नष्ट गर्ने घोषणा गरेका थिए । स्ट्रेट अफ होर्मुज खाडी क्षेत्रबाट तेल र अन्य सामग्री निर्यात गर्न प्रयोग हुने निकै महत्त्वपूर्ण जलमार्ग हो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित