नेपालको निर्वाचन र साम्राज्यवादी युद्धको असर

नारायण प्रसाद भण्डारी
नेपालमा गत भाद्र २३,२४ मा भएको जेनजी आन्दोलनले उठाएका समसामयिक मागहरु थोरै थिए तर ती विषय वस्तुले व्यापकतामा समेटेको थियो । देश र जनताका समस्यालाई उदृत आन्दोलनका मागले सिंगो राष्ट्रलाई नयाँ दिशातर्फ डोराउँन खोजे जस्तो अनुभूति हुन्थ्यो तर आन्दोलनलाई अर्कै तर्फ मोडने नेतृत्व विहीन गराएर विद्रोहमा रुपान्तरण गराउने योजनाका योजनाकारहरुको भने योजनमा भिन्न भएको तथ्य अहिले देश खरानी भएपछि मात्र सबैमा स्पष्ट भयो । ती राष्ट्रघातीहरुको अति भूमिगत शैलीको संगठनात्मक सन्जाल कसरी सञ्चालित थियो ? भूसको आँगो जस्तो एकैचोटी खरानी बने पछि मात्र बाहिरीनु भनेको राज्यको निकाय कति कमजोर रहेछ भन्ने कुरा जेनजी घटनाले छर्लङ्ग एक्सरे जस्तो देखियो । यस्तो अवस्था हुनमा राज्यका शुरक्षा निकाय राज्य सन्चालनको तौर तरिका सबै निस्कृय बनाउँनमा यी दलाल संसदीय व्यवस्थाका भ्रस्ट कमिसन खोर मिलेरावादी कै कारण हो । स्वयं आफुमाथि प्रहार हुँदा सम्म यो प्रविधिमय युगले हामी नेपालीहरु कति सम्म दृष्टिविहीन असुरक्षित छौ, रहेछौ ?यो हामी देशवासीको लागि अति ठूलो पीडादायी विडम्वना हो ?हामी नेपालीहरुले राज्यको भर विस्वासमा बस्नु भन्दा स्वयंले पनि सोच्नु पर्ने बेला आयो । यी मिलेरावादी खोक्रा गफाडीको अझै पनि अन्धभक्त भएर यिनीहरुकै झोला बोक्नु हामी स्वंयले विश्लेषण गरौं । यी भाषणे गफाडी भ्रष्टाचारीहरुका आफ्ना टाउँकामा आगो लाग्दा मात्र गुहार पुकार गर्दै कायरताका आँसु बगाउँनु कति लज्जास्पद ?कही कतैबाट सूचना प्राप्त गर्न नसक्नु यिनीहरु कै कारण देश खरानी बन्नु देश साम्राज्यवादी (र) पश्चिमा विस्तारवादी दलाल पँुजीवादी विचौलियाका रिमोटले चलाइनु जेनजीको खोल भित्र राष्ट्रघाती अमानवीय अराजक ध्वंस एवम् विध्वम्स बनाउँन सक्ने अदृश्य शक्ति कसरी कहाँबाट आयो ?यिनीहरुको जन्मदाता को हो ?कसरी पैदा भए ?कसरी यो सुन्दर फुलबारीमा प्रवेश पाए ?यसको कारक तत्व खोज्दै जादाँ देशमा लामो समय सम्म भएको अनियमता भ्रष्टाचार अनुशासन हिनता दण्डहीनता कुशासन महगंी अहंमता घमणड दमन अत्याचार सबै खाले तस्कर ठगी लुट ब्रह्लुट यत्रतत्र विचौलियाको एकछत्र छायाँ देशमा विचौलिया कै राइँदाइ लगायतको कारण देश आगो विनाको रापले आफै जलिरहेको थियो ।
त्यही समयमा आगोमा पेट्रोल खनाउँने दुस्कार्य सत्ताधारी स्वयंले दिएका हुन । अहिले आफु इमान्दारी बन्न अन्य कुनैलाई दोष आरोप दिनु भनेको झनै अपराधी बन्नु हो भनिन्छ आफनो थैलाको मुख बलियो हुने गरि बाँध्नु अरुलाई दोष नदिनु यो नेपाली यर्थाथता वास्तविक चरीतार्थ उखान हो । आफना कुकृत्य छिपाएर पानी माथिको ओभानो बन्ने मात्र थियो । अझ भन्नु पर्दा तत्कालिन नेकपा माओवादीसँग सम्बन्धित वास्तविक तितो सत्य आज देशमा यो अवस्था सृजना हुनुमा हाम्रो गम्भीर कमी कमजोरी हो भनेर जनता समक्ष माफ माग्ने की नमाग्ने ? आजको यति कहाली लाग्दो सुनामी आउँदा सम्म होस गर्ने कि अझै ताइ न तुइका भाषण गर्ने ?यसको पूर्ण जिम्मेवार १० वर्षे जनयुद्ध सन्चालन गरेर देश जनता र क्रान्तिलाई धोका दिने धोकेवाजहरुले अन्य पक्षलाई दोष थोपर्ने नैतिकता छ ?अझ अर्को प्रश्न त्यति ठूलो संसारै थर्कमान हुने गरिको विद्रोह युद्धमा भएको मानवीय आर्थिक भौतिक सामाजिक शैक्षिक साँस्कृतिक लगायतका दर्जनौ क्षतिको अर्थ के थियो जवाफ छ ?विना दृष्टिकोण विना योजना मात्र उद्धेश्य आफनो निजी आफन्तको लागि स्वार्थ बोकेर हिड्दाको लफंगावादले आफनो जीवन त चौपट हुने त पक्का भयो कुनै कसैले रोक्न छेक्न सक्दैन । यिनीहरुको भर विश्वास गरेर जीवन समाप्त पार्नेहरुको बाँकी जीवन उनका सन्ततिहरुको भविष्य नै समाप्त पार्ने अवसरवादीहरुले लाजै नमान्ने गरि अब पनि क्रान्तिका भाषण ?जनताले पुर्ण शिक्षा नलिएर अझै यी भतुवाहरुले विगतको दुष्कार्यको सजाय भोग्दा उनीहरु कै पक्षमा अझै रगत बगाउँनु कति बुद्धिमत्ता ?यिनी हरुले बन्दुकको नाल भित्र सत्ता हुन्छ भन्ने थेगो घोकने मात्र त्यसलाइ ब्यबहारमा उर्तान नसक्नेहरुले जनताले अकल्नीय शक्ति प्रदान गर्दा उक्त शक्तिलाइ दलाल संसदवादमा पुराएर त्यसमा पनि उनै पुराना जस्का लागि नेपाली जनताले रगत बगाए उनैसँग मिलेर साम्राज्यवादको इशारामा अर्काको वैशाखीमा सरकार बनाउँने वैशाखी पनि कसैले टेकाइदिएको हुने राष्ट्रघातीहरुले अवसर नपाउँदाको दिन हात झिक्ना साथ सरकार ढल्ने ढलाउँने फेरि आलोपालो गर्ने यसै गरेर देश सबै क्षेत्रबाट अपांग बनाइयो ।
युवा सबै विदेश पलायन हुन बाध्य भए । वृद्धवृद्धाहरु वृद्धाआश्रम जस्तो अवस्थामा जीवन गुर्जान बाध्य छन। यस्तो नाजुक अवस्था जेनजी समूहले टुलुटुलु हेर्न सकेनन र केही समय अगाडी बगंला देशमा पनि जेनजी नामको आन्दोलनले तहल्का मच्चाएर त्यँहाको प्र,म हसिना भागेको नेपाली जेनजी समूहले राम्रो सँग अध्ययन गरेका थिए । गरे हुन्छ भन्ने महसुस उनीहरुमा पनि भयो र नेपालको अतिवादका विरुद्ध युवा अघि सरे तर विडम्वना जेनजीको नाममा विभन्न प्रकारका अपराधीहरुले घटनालाई आफनो कब्जामा लिएर हामी नेपालीको अमूल्य फूलबारी खरानीमा बदले । सरकारमा बसेका महाशयहरु कोही हेलिकप्टरमा कोही ट्रकमा कुकृत्यको अवैध सम्पत्ति लुकाएर भागे । कोही खाल्डोमा राखेका डलर कुरेर बस्न खोज्दा मारको चपेटामा परे । कोही सुरक्षित भए कोही धोती न टोपी हुने गरी भागेर बाँच्नु पर्यो । यिनै भगौडाहरुको कारण होनाहार भविष्यका कर्णधार राष्ट्रका खम्बा ७६ जनाको अनाहकमा ज्यान गयो । फेरी कसैले चाहेर पनि बन्न नसक्ने धेरै महत्वपूर्ण राष्ट्रिय सम्पदाको क्षति भयो तर अहिले सम्मका आन्दोलनहरुमा अदालतमाथि आक्रमण भएको घटना सायद विरलै होला ?यसरी हजारौ फाइलहरु जल्ने गरी आगजनी गरियो यसरी फाइल किन जलाइयो ?यसको भित्री रहस्य के थियो ?यो कार्य जेनजीबाट भएन । उनीहरुले यस्तो उदणड गर्न हुदैन भन्दा भन्दै भयो किन ?यसको खोजीनीति हुन पनि सकेन ?यस्तो गम्भीर घटनाको रहस्य छानविन आयोगमा उल्लेख छ भन्निथ्यो, खोइत ? देश र जनताले एउटा खुशी देख्दै थिए कता हरायो कि विलायो ?जेहोस घटना नघट्नु थियो घट्यो । क्षति नहुनु थियो, भयो ।
तर जनताले झिनो आशा गरेका थिए अब देशमा कुनै न कुनै सकारात्मक परिवर्तन हुन्छ भन्ने धेरैको मनमा थियो । दोषी माथि कार्वाही र राष्ट्रघातीलाई सजाय हुन्छ । भ्रष्टचार हुदैन, जनताले सास्ती बेर्होनु पर्दैन । युवा विदेश पलायन हुनु पर्दैन ।सुुशासनको अनुभूति हुन्छ भन्ने थियो तर विडम्बना स्थिति अर्कैतिर मोडेर नयाँ सरकार बनाउने पुनः निर्वाचन गराउँने तर्फ चाल चाल्दै नौटंकी नाटक मन्चन भयो र सेना व्यारेकबाट बहिर्गमन गर्दै जनयुद्धको झल्को दिने गरि २०३६को जनमत संग्रह एवम् २०५८को शाही शासनको चुनावलाई स्मरण दिने गरी सेना पुलिस सशस्त्र जनपथको घेरा भित्र संविधानले दिएकै अधिकार उपयोग गर्न आफनो स्वइच्छा जाहेर गर्न र निर्वाचन स्वीकार नै पर्ने । नो भन्न ,बोल्न, लेख्न समेत बन्देज गरेर नो भोट भन्ने लाई जेलनेलको कठघरामा राखेर निर्वाचन गराइयो । जतिसुकै मतदान भएपनि ६० प्रतिशत माथि भन्नुपथ्र्यो । भनियो घोषणा गरियो । यो निर्वाचनले पुराना दलका नेता आफनो पार्टीको हाल सम्म अरु माथि हेर्ने दृष्टिकोण एवम् तातै खाउँ जल्दै मरौं भन्नेहरुका विरासत घमण्ड,इच्छा,चाहना सपनाहरु अलि कति पनि बाँकी नराखेर पूर्ण रुपमा निर्वाचनको विचित्र सुनामी हावा हुरी तुफानले सबै एकैचोटी बढारेर दलालहरुको होसै उडायो । कोही देशै छोडी भागे । कोही जाडो मौसमको चिसो पानीको रहमा डुबेर कठाङ्ग्रिएर डल्लो परे । कोही ओठ, मुख सुकेर स्वाँस प्रस्वास नै रोकिने गरिको अवस्थामा पुगे । सायद चुरीफुरी अहिलेलाई बन्द बाकसमा थन्किन सक्छन ?यो होसको औषधिको पुरै डोज पुगेन की जस्तो अझ कतै कतै थोरै बाँकी देखिन्छ ।
पुरानो जनतामाथिको घात प्रतिघातको सजाय त भोगे तर फेरि पनि देशले निकाश पाउला कि देश रहला नरहला कतै देश युक्रेन बन्ने हमास मध्यपूर्वका दजर्नौ देशको हविगतको अवस्थामा पुग्ने पो होकि ? भन्ने अति खतरनाक मोडमा देश उभिन पुगेको छ । यसो भन्नुको कारण धेरै खतराका संकेत देखिन आएका छन् । जुन कुरा गत अकंमा डिटेल सबैमा छर्लङ्ग हुने गरी सम्पादन गरिएको थियो । त्यसका केही अंश नेपालमा राष्ट्रघाती एमसीसीले कता डोराउँला ?अर्को पक्ष बाहिर हल्लामा आए जस्तै एसपीपीको शर्तमा आएको सुनामी हो त ?यसको वास्तविकता सरकारको काम गराइले अवश्य देखाउने छ । यदि त्यसो भयो भने वर्तमान सुनामी पुनःउल्टो दिशा तर्फ अवश्य मोडिन्छ भन्ने पनि बिर्सनु अर्को माहाभूल हुने छ । अर्को गम्भीर पक्ष भनेको अमेरिकन साम्राज्यवादको दादागिरीका नौटंकी नाटक कहिले वार्ता गरे जस्तो कहिले छेडभर मै मध्यपूर्व खाडी मुलुक माथिको हमलाले खरानी पार्ने छदमभेषी दाउ हेरे जस्तो भै रहने त्यसको असरले नेपाली जनताको जन जीवन देशको कुशासनले बाध्यातत्मक अवस्थामा विदेशिएका नेपाली आमाका सन्तान को त्रासदी जीवन कोही बाकस मै फर्किनु पर्ने । अहिले देखिएको महंगीे सगरमाथाको यात्रा गरिरहने भयो भने जनताले वर्तमानको सरकारलाई दिएको सुनामी के होला ?त्यसको निकास अहिलेको सरकार सँग के छ ? आज सम्म डढेलोमा गुम्सिएका जनतालाई महसुस हुने गरी अवश्य आउँला कि ?धन्यवाद ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित