महेन्द्र बस्याल, चेन्नै, भारत
मध्यपूर्वको युद्धको प्रभाव भारतव्यापी रुपमा परेको छ । ग्याँस र तेलको अभावले गर्दा जनजीवन कष्ठकर बन्दै गएको छ । त्यसको असर भारतमा रोजगारी गर्न आएका नेपाली मजदुरहरुमाथि पनि परेको छ ।
२८ फरवरी २०२६ का दिन अमेरीका र ईजरायलले ईरानमाथी गरेको निन्दनीय सैनिक आक्रमणमा परि ठूलो जनधनको क्षति हुनुका साथै विश्व अर्थतन्त्रलाई नै तरंगित बनाएको छ। अमेरिकी साम्राज्यवादले सार्वभौम सत्ता सम्पन्न राष्ट्रमाथि विभिन्न वहानामा सैनिक आक्रमण गरी त्यहाँका राष्ट्र प्रमुखको हत्या गर्ने, सत्ता परिवर्तन गरी अमेरिकी कठपूतली सरकार गठन गर्ने र त्यस देशमा रहेको वहुमुल्य धातु र तेल आफ्नो कव्जामा लिने जुन साम्राज्यवादी सोच रहेको छ त्यो अत्यन्तै गलत छ।
अमेरिकी साम्राज्वादले अन्तर्राष्ट्रिय नियम विपरित परमाणु हतियार बनाउने र प्रयोग पनि गर्ने उसलाइ कानुन नलाग्ने तर अन्य ससाना राष्ट्रहरूलाई आत्म सुरक्षाको लागि पनि प्रमाणु बम बनाउन नदिने र अन्तर्राष्ट्रिय नियम पालना गर्न लगाउने र नमाने सैनिक आक्रमण गर्ने गरेको छ। यति मात्र हैन अमेरिकाले जलवायु सम्बन्धी अन्तराष्ट्रिय नियम पनि उलंघन गर्दै आएको छ। अमेरीका र ईरानको युद्धले आज विश्व बजारमै तेल र ग्यासको हाँहाँकार मच्चिएको छ । जस्को असर भारतमा पनि परिरहेको छ ।
तेल र ग्यासको अभाववे गर्दा भारतका चेन्नै, दिल्ली, मुम्बइ र कोलकाता लगायतका मुख्य शहरमा होटलहरू बन्द हुदै गएका छन। एकाद होटल चलेता पनि खाना र सवारी साधन सहज रूपमा संचालन हुन सकिरहेका छैनन। होटल, कंपनी र सवारीसाधन बन्द भएका कारण ठूलो संख्यामा मजदूरहरू वेरोजगार हुन बाध्य भएका छन् । उनीहरूले कर्मथलो छोडेर नेपाल तर्फ जान बाध्य भएका छन् । हवाइ जहाज, बस. टेक्सीको भाडा बढेको छ। खाना पकाउने ग्यास नभएर दाउरामा पकाउन शुरू गरिएको छ। हस्पिटलमा पनि विरामीलाइ असहज बातवरण बन्दै गएको छ।
भारतमा मध्यपूर्वको युद्धको प्रभाव
Comments

