जितामित्र सुनार, रुपन्देही । बुटवल उपमहानगरपालिका –१७ मोतिपुर, रुपन्देहीमा २०८३ बैशाख ७ गते श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बुटवल उपमहानगरपालिकाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
२०११ जेठ ४ गते गुल्मीको राजामा जन्मनु भएका नुनाराम मगरको २०८२ चैत्र २९ गते मृत्यु भएको थियो । उहाँ को श्रीमती लिला देवी मगर र पाँच भाइ छोराहरू मध्ये जेठो छोरो को मृत्यु पछि ४ भाइ छोराहरु , बुहारीहरु र नाति नातिनीछन् ।
पार्टीले उहाँको मृत्यु भएको ९औं दिनको दिन श्रद्धाञ्जली सभा गरेको हो । उक्त सभामा पार्टीका पिबिएम तथा ५ नम्बर ब्युरो इन्चार्ज नरेन्द्रबहादुर थापा, ब्यूरो सचिव जितामित्र सुनार , पार्टीका नेता प्रेम सुवेदी, केन्द्रीय सदस्य दयाराम खनाल लगायत नेता कमरेडहरुको उपस्थिति रहेको थियो । पार्टीको तर्फबाट ब्यूरो सचिव जितामित्र सुनारले कमरेड नुनाराम मगरलाई श्रद्धाञ्जली प्रकट गर्नुका साथै परिवारजनप्रति गहिरो संवेदना सहित शोक मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण पार्टीका रूपन्देही जिल्ला सचिव कमरेड लक्ष्मीकान्त पौडेलले गर्नुभएको थियो ।


