विश्वविद्यालयमा प्रहरी होइन प्राध्यापक पठाऊ

काठमाण्डौ । शैक्षिक संस्थामा राजनीतिक दलहरु निकट विद्यार्थी संगठन माथिको प्रतिबन्धको विरोधमा विद्यार्थी संगठनहरुले विभिन्न नाराहरु सहित प्रदर्शन गरेका छन् । विद्यार्थी संगठनहरु प्रतिबन्ध गराउन सरकारले शैक्षिक संस्थाहरुमा सुरक्षा युनिट समेत राख्ने निर्णय गरेको छ । त्यसको विरोधमा विद्यार्थीहरुले विश्व विद्यालयमा प्रहरी होइन प्राध्यापक पठाउन सरकारसँग माग गरेका छन् । विश्व विद्यालयमा प्राथमिक स्वास्थ्य सेवा छैन , विश्व विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरु हुन् अपराधी होइन चस्मा खोलेर हेर ,विश्व विद्यालयको स्वायत्तता सुनिश्चित गर भन्ने जस्ता नाराहरु सहित विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित