कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्ती क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कपिलवस्तुले प्रशिक्षण कार्यक्रम गरी नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्ती मनाएको छ । पार्टी जिल्ला सचिव हिमलाल वाग्लेको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा वामपंथी नेता प्रेम सुवेदीले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासका विषयमा चर्चा गर्दै कम्युनिस्ट आन्दोलनलाई संगठित, व्यवस्थित र सशक्त बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनु भयो । लेनिनले विचार र प्रयोगको क्षेत्रमा दिएको योगदान महत्त्वपूर्ण रहेको बताउदै संगठनात्मक पद्धतिमा गरिएको विकासलाई अनुसरण गरेर मात्रै संगठन अगाडि बढाउन सकिने ठोकुवा गर्नुभयो । कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्नको निम्ति आन्दोलन भित्र वाटै प्रहार भइरहेको हुनाले सचेत रहन समेत आव्हान गर्नुभयो । कार्यक्रममा पार्टीका कपिलवस्तु इन्चार्ज दिपक पौडेलले स्थापना दिवस तथा लेनिन जयन्तीको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन कमल उप्रेतीले गरेका थिए ।

