विश्व खतरनाक नयाँ युगको संघारमा

काठमाण्डौ । मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेश्नलको “विश्वको मानवअधिकार अवस्था (द स्टेट अफ द वल्ड्र्स ह्युमन राइट्स)” २०२५को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै विश्व खतरनाक नयाँ युगको संघारमा आइपुगेको जनाएको छ ।
शक्तिशाली राष्ट्रहरू, नीजि व्यवसायिक क्षेत्र र अधिकार विरोधी आन्दोलनहरूद्वारा सञ्चालित बहुपक्षीयता, अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारमाथिका आक्रमणका कारण विश्व एउटा खतरनाक नया युगको सङ्घारमा आइपुगेको बताएको हो । विश्वका १४४ देशहरूको मानवअधिकार अवस्था बारेको आफ्नो मूल्याङ्कनमा एम्नेस्टीले राष्ट्रहरू,अन्तर्राष्ट्रिय निकाय र नागरिक समाजले तुष्टीकरणको राजनीतिलाई इन्कार गर्नुपर्ने र यो नयाँ व्यवस्थालाई स्थापित हुनबाट रोक्न सामूहिक रूपमा यी आक्रमणहरूको प्रतिवाद गर्नुपर्ने बताएको छ ।
२०२५ जनवरी १ देखि ३१ डिसेम्बर सम्मको विश्वको मानव अधिकारको अवस्थाको बारेमा समेटिएको छ । सन् २०२५ मा नेपाल सहितका देशहरुमा नागरिक समाज र सामाजिक आन्दोलनहरूमाथिका आक्रमणहरूको विस्तार अझ मानवअधिकारवादी रक्षक, संघ संस्था र विमति जनाउनेहरूलाई चुप लगाउने र कमजोर बनाउने निरन्तरका प्रयासहरू विश्वका प्राय सबै भागमा फैलिएको जनाइएको छ
एमनेष्टीले संसार भर नै मानवअधिकारको अवस्था नाजुक हुँदै गएको, नियन्त्रण, दण्डहीनता र नाफा आर्जन गर्ने उद्देश्यकालागि सबैभन्दा शक्तिशाली पक्षहरूद्वारा मानवअधिकार तथा विधिमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको जगमाथि गम्भीर प्रहार रहेको बताएको छ । एम्नेष्टीले
मध्यपूर्वमा तीव्र रूपमा वृद्धि भइरहेको द्वन्द्व कानुनविहीनतातिरको ओरालो यात्राको परिणाम भन्दै संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लङ्घन गर्दै संयुक्त राज्य अमेरिका र इरानद्वारा गरिएको सुरूवाती गैरकानुनी आक्रमण पश्चात इरान अन्धाधुन्ध प्रतिकार गर्ने अवस्थामा आइपुगेको बताएको छ ।यो युद्धले यस क्षेत्रका जनता झनै पीडित बन्न पुगेको अवस्था रहेको जनाएको छ । युद्धले संसारभरलाई नै प्रभावित पारेको पनि प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२५ को अक्टोबरमा भएको युद्धविराम सम्झौताका बाबजुद इजरायलले गाजामा प्यालेस्टाइनीहरू विरुद्धको नरसंहारलाई जारी राखेको छ र उसले प्यालेस्टाइनीहरू विरुद्धको रङ्गभेदी प्रणालीलाई पनि कायम राखेको प्रतिवेदनमा उल्लेख छ
अफगानिस्तानमा तालिबानले शिक्षा, श्रम र स्वतन्त्र आवागमनको अधिकारमा थप प्रतिबन्ध लगाउँदै महिला विरुद्धको अभियानलाई तीव्र बनाएको र इरानमा अधिकारीहरूले सन् २०२६ को जनवरीमा प्रदर्शनकारीहरूको सामुहिक हत्या गरेको कुरा प्रतिवेदनमा जनाइएको छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित