श्रीकृष्ण वि.क.को हिरासतमा भएको हत्याको विरोधमा माइतीघरमा कार्यक्रम

काठमाण्डौ । श्रीकृष्ण वि.क.को हिरासतमा भएको हत्याको विरोधमा माइतीघरमा कार्यक्रम सम्पन्न भएको छ । क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल , एकीकृत दलित मुक्तिमोर्चा ेपालको आयोजनामा काठमाण्डौको माइतीघरमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दलित नेताहरुले श्रीकृष्ण वि.क.को हिरासतमा यातना पछि हत्या भएको भन्दै त्यसको निष्पक्ष छानविनको माग गरे।

उच्च जातकी किशोरी सँग विवाह गरेको भएपनि श्रीकृष्णलाई बलात्कार गरेको आरोप लगाइ ललितपुर प्रहरीले वैशाख ३ गते पक्राउ गरेर खुर्कोट पठाएको थियो । सुनकोसी गाउँपालिका–३, जुम्लेडाँडाका २३ वर्षीय श्रीकृष्णको खुर्कोटस्थित हिरासतभित्रै वैशाख ७ गते मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको थियो ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित