वीरगन्ज जेल बन्दीहरुको लागि एउटा यातनाको केन्द्र भएको छ । सामान्य कानुनले पाउने सुविधाबाट पनि कैदीहरु बञ्चित भैरहेको छन् भन्ने प्रशासनको घोषणा गर्ने माध्यम भएको छ, जसले गर्दा बन्दीहरुले कठोर यातना सहनुपरिरहेको छ । खासगरी वीरगन्ज जेलमा निम्न कुराहरु भएका छन् । यसकारणले गर्दा जेलमा प्रायः गरेर अशान्त वातावरण रहने गरेको छ र यसबाट सधैभरी बन्दीको जीवन असुरक्षित रहने गरेको छ । यस विषयमा सम्बन्धित क्षेत्रले पटक्कै ध्यान दिइरहेको छैन । यस्तै हो भने एकचोटी त्यहाँ नराम्रो काण्डहरु घट्ने निश्चित सम्भावनाहरु बढ्दै गएको छ ।
(१) सर्वप्रथम कारागार भित्रको मूल नाइके, नाइके भर्ना गर्दा जेल प्रशासनले चार,÷पाँच हजार रुपैया लिएर मात्र भर्ना गरिन्छ र यसले गर्दा जसले बढी पैसा दिएर भर्ना हुन हिंडछ । यसरी भर्ना हुन हिंडचलनाको कारण बन्दीले रासन लिंदा प्रत्येक व्यक्तिबाट चामल कटाइन्छ । एक व्यक्तिबाट १०० ग्राम मात्र कटाए पनि ५०० भन्दा बढी बन्दीहरुबाट पटकै पिछे ५० किलो नाफा गरिन्छ । यसले गर्दा बन्दीहरुले आफ्नो पेट काट्नु पर्छ भन्ने नाइकेहरुले प्रशस्त धन कमाएका छन् ।
२) भर्ना गर्दा प्रशासनले घुस खाने भएकोले बराबर जेलभित्रका मूल नाइकेहरु बदली भइरहने भए मात्र चाँडो चाँडो फाइदा हुने भएकाले कारगार प्रशासनले बारम्बार बदली गर्न, जेलभित्र दुई गुट बनाई झगडा मच्चाइरहने गर्दछन् र भित्री प्रशासन अदली बदली भइरहन्छन् । यसले गर्दा जेलभित्र हमेशा दुई गुट बीच लडाई झगडा भइरहन्छ । यसो गर्नमा प्रमुख हात जेल प्रशासनको नै रहने गरेको छ ।
(३) हाल दुई गुडमा खतरनाक रुपले तराई र पहाडिया भनी साम्प्रदायिक भावनाको विजारोपण गरेकोले कुनै दिन जेलभित्र नराम्रो रुपमा रक्तरंजित काण्ड घट्ने प्रबल सम्भावनाहरु बढ्दै गएको छ ।
४) ठेकेदार र जेल प्रशासनको मिलेमतोले बन्दीहरुले नमुना बमोजिमको चामल नपाइ सडेका चामलहरु खुवाउने गरिन्छ । प्रायः गरेर बन्दी र जेल प्रशासनका बीच यही चामलको मुख्य विषयमा झगडा हुन्छन् ।
५) बन्दीहरुको अर्को मुख्य शोषण जेलको दोकानबाट भएको छ । यसैले महंगीले सबैको ढाड भाँचिएको छ भने झन यहाँ बाहिर भन्दा ५० प्रतिशत बढी महंगामा खरिद गर्न बाध्य बन्नु परेको छ । यसैले गर्दा बन्दीहरुले लिएको पैसाबाट पु¥याउन सक्दैनन् र जसले गर्दा डाइटको कमीले गर्दा टिवीको रोगीहरु यस जेलमा भन्दा बढी अन्य कतै छैन होला ।
६) यी सबैका विरोध गर्नेहरुलाई जेलका भित्र र बाहिर प्रशासनले निर्ममतापूर्वक दमन गरिन्छ । अनाहकमा जेल सरुवा गरिन्छ । जेल प्रशासनले मुख्य आफ्नो हतियार जेल सरुवा गरेर समाधान गर्न खोज्दछ । तर उसको यस क्रियाकलापले झनझन जेलमा अशान्त वातावरण सिर्जना हुँदै गएको छ । अर्को कुरा अलि कति अन्यायको विरोध गर्ना साथ गोलघरमा पुग्नु र हतकडी लगाउनु, पुलिसहरु लगाई निर्ममतापूर्वक कुटपिट गर्नु यो दैनिक काम जस्तै भएको छ । यसबाट बन्दीहरु सधै आतंकित भएर बस्नु परिरहेको छ ।
७) आतंक र दमनबाट चित्त नबुझि करेन्ट तताएर मार्ने र मरेपछि खोज्दा विजुलीको करेन्ट लागेर मरेको भान पार्ने आदि कुराको योजना पनि बनिएको थियो, तर त्यो कुरा भण्डाफोर भयो । र यस विषयमा अझै पनि कुनै कारर्वाही भएको छैन र त्यो दबाएर राखिएको छ ।
८) यी सबै विषयलाई लिएर एकचोटी लगातार २७ घण्टा नारा लाग्यो । प्रजिअ आएर सबै कुरा राखी बन्दोबस्त मिलाई दिने आश्वासन भयो । तर त्यो आश्वासन त्यसै बिलाएर गयो र झन जेलभित्र प्रशासनिक र नाइकेहरुको मनपर्दी चरमचुलीमा पुग्दैछ ।
९) अलिकति अन्यायको विरोध गर्ना साथ कानुनको विपरीत सशस्त्र प्रहरी जेलैभित्र गई दमन गरिन्छ । टाढाबाठालाई जेलबाहिर निकाली कुटपिट र नेल, हतकडी गलफन्दी लगाई गोलघरमा महिनौं दिन बन्द गरिन्छ ।
१०) जेलका हस्पिटलबाट दबाई गर्न लापर्वाही गरिन्छ र आफ्ना मन परेकालाई मात्र राम्रो हेरविचार गरिन्छ । कम खालका टोनिक दिई महंगो टोनिकको सही छाप गराई भ्रष्टाचार गरिन्छ ।
११) जेलको ढोकामा गई पादरीहरुले खुलेआम क्रिश्चियन धर्म प्रचारगरी पैसा बाँडिन्छ । यसरी जेलभित्र खुलेआम क्रिश्चियन धर्मको प्रचारप्रसाद भइरहेको छ । यस विषयमा जेल प्रशासनले खुलेआम छुट दिइएको छ ।
यी तमाम कुराहरुमा प्रशासनले राम्रो ध्यान दिइएन भने वीरगन्ज जेलमा नराम्रो काण्डहरु घट्ने सम्भावना छ ।
त्यस्तै कैद पुगिसकेका बन्दीहरुलाई जेलरले पैसा खाएर आम छोडिन्छ । कति बन्दीहरु पैसा नदिनाले कैद भुक्तान भएर बस्नु परेको र पैसा दिएर मात्र छोडिएको देखिएको छ । अझै कैद भुक्तान भएर पनि बसिरहेका कैदीहरु पनि छन् ।
(यो सामग्री हाँक साप्ताहिक, वर्ष १, अंक २९, २०४१ वैशाख २७ गते बुधबारबाट लिइएको हो ) ।

