रोल्पा जीप दुर्घटनाका मृतकहरु प्रति श्रद्धाञ्जली

काठमाडौं । रोल्पा जीप दुर्घटनाका मृतकहरु प्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले श्रद्धाञ्जली व्यक्त गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८३ वैशाख १९ गते एक प्रेस–वक्तव्य जारी गरी श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो । वक्तव्य यस प्रकार छ –

“हिजो रुकुम पूर्वबाट थवाङ गाउँपालिका रोल्पाको जलजला तर्फ जाँदै गरेको लु. अ. ज ४१६७ नम्बरको बोलेरो जीप दुर्घटनामा परी २० जना यात्रीको घटनास्थलमै मृत्यु भएको खबरले हाम्रो पार्टी स्तब्ध भएको छ । यस दुःखद घडीमा हाम्रो पार्टी मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ र मृतकका परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।
नेपालमा दूर्घटना अत्यधिक मात्रामा हुने गरेका छन् । यसका पछाडि सुविधा दिने नाममा जथाभावी कच्ची सडकको विस्तार, अनियन्त्रित यात्रु सङ्ख्या र अनुभवहीन चालकहरु रहने गरेको पाइन्छ । यो सत्ताधारीहरुको गलत नीतिको परिणाम हो । कच्ची सडकलाई कालोपत्रे गर्न, सिटभन्दा बढी यात्रु चढ्न नदिन र चालकहरुलाई पर्याप्त तालिमको व्यवस्था दिलाई दुर्घटना न्यूनीकरण गर्नेतर्फ सरकारको ध्यानाकर्षण गर्दछ । साथै, सबारी दूर्घटनामा परी मृत्यू हुनेका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन र घाइतेहरुलाई निःशुल्क उपचारको कानूनी व्यवस्था गरी त्यसलाई लागू गराउन सरकारसँग विशेष माग गर्दछ । ”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित