जितामित्र सुनार , बुटवल । रुपन्देही जिल्लाका राजनीतिक दलहरु भूमिहीन ,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको न्यायपूर्ण आन्दोनको पक्षमा उभिएका छन् । २०८३ बैशाख २९ गते संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले भूमिहीन ,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको आन्दोलन प्रति ऐक्यबद्धता प्रकट गरेका हुन् ।
प्रेस विज्ञप्ति यस प्रकार छ –
“राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी माथि गरेको अमानवीय व्यवहारप्रति रुपन्देही जिल्लामा रहेका हामी तपशिल बमोजिमका राजनितिक दलहरुको गम्भीर ध्यानाकर्षण भएको व्यवहोरा जानकारी गराँउदै निम्न बमोजिमका विषयहरुमा सामुहिक एेक्यवद्धता प्रकट गर्दै यो प्रेस वक्तव्य जारी गरेका छौं ।
१. नेपाली जनतालाई सुशासन, शान्ति र सुरक्षित भविष्य दिने भन्दै चुनावका बेला ठूलो आश्वासन दिएर सत्तारुढ भएको झन्डै दुई तिहाई बहुमत प्राप्त रास्वपाको बालेन सरकारले भुमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधान नखोजी एकाएक उनीहरूको घरबस्तीमा डोजर चलाउने, जर्बजस्ती दमन गर्ने, शारिरिक तथा मानसिक यातना दिने तथा संविधानप्रद्धत बाँच्न पाउने मौलिक अधिकारबाट नागरिकलाई बञ्चित गर्ने अमानवीय कार्यको घोर भर्सना गर्दछौँ ।
२. वर्तमान सरकारकोे दमनकारी प्रवृतिको विरुद्ध भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले गरेको न्यायपूर्ण आन्दोलनप्रति एक्यवद्धता प्रकट गर्दछौं ।
रामकृष्ण खाँड, नेपाली काग्रेंस
यज्ञ गैरे, नेकपा (एमाले)
निर्मल जिशी, नेपाली कम्युनिष्ट पार्टी
छविलाल गुरुङ्ग, श्रम संस्कृति पार्टी
लक्ष्मण प्रसाद श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी
लक्ष्मीकान्त पौडेल, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल
शरद वली, नेकपा माओवादी
रेखा खनाल, नेकपा (बहुमत)
लालचन्द पन्त, नेकपा (मसाल)
इन्दिरा ज्ञवाली, राष्ट्रिय जनमोर्चा
कृष्णकुमार बञ्जाडे, प्रगतिशिल लोकतान्त्रिक पार्टी
भिम बहादुर क्षेत्री, नेकपा (संयुक्त) । ” रुपन्देहीका राजनीतिक दलहरुको संयुक्त बैठक र संयुक्त वक्तव्यका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता प्रेम सुवेदीले संयोजन र सहजीकरणकाने कार्य गर्नु भएको थियो ।
Comments

