अशोक सुवेदी पदमुक्त

काठमाडौं । पूर्णबहादुर सिंह नेतृत्वको समाजवादी कम्युनिष्ट पार्टी नेपालले स्थायी समिति सदस्य अशोक सुवेदीलाई पदमुक्त गरेको छ ।

अनुशासन पालना गर्न यसअघि बारम्बार सचेत गराइए पनि सुवेदीले लगातार उल्लघंन गर्दै आएकोले पदमुक्त गर्नु परेको जनाइएको छ । । सुवेदीविरुद्ध पार्टीका तल्लो तहका नेताहरुले अनुशासनहीन र भँडुवा गतिविधिहरू गरेको उजुरी दिएको अवगत गराउँदै कार्यालय सचिव शालिनले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीले उहाँबाट गरेको आशा र भरोसा विपरीत उहाँले पाटी विरोधी गतिविधि बढाउँदै लिएपछि उहाँको बारेमा उपयुक्त निर्णय लिन पार्टी बाध्य भएको छ ।’

अशोक सुवेदी रामेछाप निवासी हुन् । उनले अहिले पुष्पलाल विश्वविद्यालय नामक संस्थाबाट गतिविधिहरू गरिरहेका छन्। विभिन्न लेखन तथा प्रकाशनका कार्यहरुमा उनले भूमिका खेल्दै पनि आएका छन् ।२०५६ तिर दिननाथ शर्मा नेकपा मसालबाट विभाजन हुने बेलामा उनी दिनानाथ शर्मासँग नेकपा माओवादीमा प्रवेश गरेका थिए। नौलो बिहानी पत्रिकामा मसालका तत्कालीन नेताहरू चित्रबहादुर केसी, गोविन्द सिंह थापा, मसाल सम्बद्ध प्राध्यापक डाक्टर ओम गुरुङ का घरहरु को फोटो खिचेर नौलो बिहानी पत्रिकामा मसालका नेताहहरुको आलिसान महल भन्दै फिचर न्युज तयार गरेर उनले चर्चा कमाएका थिए।

२०८१ सालमा नेकपा क्रान्तिकारी माओवादी ,नेकपा बहुमत र नेकपा मशाल का बीचमा पार्टी एकता हुने बेलामा सुवेदी नेकपा क्रान्तिकारी माओवादीसँग सम्बन्धित थिए। तीन पार्टीका बीचमा पार्टी एकता हुने क्रममा पूर्णबहादुर सिंह सहित पार्टी एकतामा सहभागी भएका थिएनन्। पार्टी एकतामा सहभागी नभएर छुट्टै समूह बनाएका वा पार्टी एकतापछि पनि विभाजित भएर छुट्टै समूह बनाएका समूहहरू पटकपटक फुट्दै गएका छन्। कम्युनिस्ट आन्दोलनमा टुटफुट ठूलो समस्या बन्ने गरेको छ ।साम्राज्यवाद र प्रतिक्रियावादीले देशलाई अप्ठ्यारोमा पार्ने र जनतामाथि चरम शोषण दमन लाद्ने काम गरिरहेको बेलामा वामपन्थी शक्तिहरु एक ढिक्का भएर संघर्षमा जुट्नुपर्ने बेला आपसमै टुटफुट हुनु अत्यन्त अप्रिय कार्य हो भन्ने बाम विश्लेषकहरूको भनाइ छ।

 

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित