स्याङ्जाकी रञ्जना साउद प्लेयर अफ द म्याच घोषित

स्याङ्जा । स्याङ्जाकी छात्रा रञ्जना साउदले गत जुन दोस्रो हप्ताको यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशविरुद्ध शानदार प्रदर्शन गर्दै ४ ओभरमा मात्र १२ रन खर्चेर ५ विकेट लिन सफल भएकी छन्। उनी रोशनी इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कूल, पुतली बजारमा अध्यनरत छात्रा हुन् । उनको उत्कृष्ट बलिङ प्रदर्शनका कारण उनी प्लेयर अफ द म्याच घोषित भएकी हुन् । राष्ट्रिय स्तरको प्रतियोगितामा हासिल गरेको यो गौरवपूर्ण उपलब्धि भन्दै रोशनी इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कूलले उनलाई बधाई दिएको छ । रञ्जनाको मेहनत, लगनशीलता र खेलप्रतिको समर्पण सम्पूर्ण विद्यार्थीका लागि प्रेरणाको स्रोत भएको भन्दै रञ्जनालाई स्कूलले सफलताका लागि बधाई तथा आगामी खेल जीवनमा अझ उच्च सफलताको कामना गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित