चन्द्रहरी सुवेदी ‘अटल’
यस्तो अपारदर्शी दुई नम्बर ढोकाबाट सम्पत्ति कमाउनेहरूको सरकार छ अहिले नेपालमा । १२२ वर्षदेखि कसैले बनाउन नसकेको चन्द्रशमशेरको पालामा बनेको सिंहदरबारलाई जलाएर अहिले त्यही सिंहदरबारमा बसेका छन्। बैठकमा सुदन गुरुङले यस्ता सिंहदरबार त १० वटा बनाउन सकिन्छ भनेर भन्यो । सिंहदरबारमा कोठा नपाएर ठेकेदारलाई छिटो बना नत्र खुट्टाभाँच्छु भनेर भन्यो। तिनीहरूले सिंहदरबार जलाएका कारण कोठा नपाएर बैठक बस्न पाएनन् । खै त १० वटा सिंहदरबार बनाएको ? आधारभूत संरचनाहरू जलाएर खरानी बनाएर अहिले खरानी ग्याङहरु सरकारमा छन्। अहिले नेपाली जनतालाई खरानी बनाउन खोज्दैछन् । मोटरसाइकल चलाएर हिँड्ने सामान्य जनतालाई एक लाख रुपैयाँ जरिमाना गर्ने रे। हामी यहाँ पेट्रोल नभएर मोटरसाइकल रिजर्भमा हिँड्नुपरेको छ। सामान्य जनताले रु १ लाख जरिमाना तिर्न सक्छ ? मोटरसाइकलको जरिमाना तिर्न नसकेर मोटरसाइकल नै ट्राफिक प्रहरीलाई बुझाएर हिड्ने स्थिति आएको छ ।
समाजलाई आदिम युगमा फर्काउन खोज्दैछन् , आफ ुधनि भएपछि सबै धनी छन्जस्तो व्यवहार गर्दैछन्।एकपटक राजा त्रिभुवनलाई जनताले बिन्ती बिसाउँदै महाराज खान पाएनौ भन्दा राजा त्रिभुवनले एक छाक दुध र भात पनि खान पाएका छैनौ भन्थे रे ।ट्राफिक नियम उल्लङ्घन गर्नेलाई १ लाख सम्म जरिमाना राखेका छन्। बालेनले दुई सय तोला सुन राखेको छ। उसले तिर्न सक्ला । गरिब जनताले तिर्न सक्छ? यस्तो जरिमाना त नेपालमा कहिले पनि थिएन। भुराहरूले त भर्खर सिकेका हुन्छन् बाइक । कतिपयलाई ट्राफिक नियम पनि थाहा हुँदैन। ६२ –६३ को जनआन्दोलनपछि गाडीका स्टाफले र आन्दोलनकारीले सबैभन्दा बढी ट्राफिकलाई कुटे। गणेश वि. क. आत्मदाह पछि गृहमन्त्री सुदन गुरुङले अहिले ट्राफिकले गरेको कमजोरीको जिम्मा लिन्न भन्छ । त्यो नियम बनाएको त त्यही सरकारले होला , त्यही संसदले होला नि ?
त्यो रु.१ लाख रुपैयाँ जरिमाना ट्राफिकले लिएन भने त ट्राफिक प्रहरी कारबाहीमा पर्छ नि त्यसले गर्दा यो समस्या राज्य सत्तासँग जोडिएको छ । प्रहरीको कमजोरी हुँदैन त्यसमा। नेपाली जनतालाई मार्ने बाध्य यो राज्य सत्ताले बनाइरहेको छ। यस्तो अत्याचारी नियम र यस्तो अत्याचारी शासनको विरोध गर्नुभएन भने तपाईँलाई पर्दा कोही पनि आउने छैन। समयमै सचेत भएर यस्तो अत्याचार थिचोमिचो दमनको बेलैमा विरोध गर्न उठ्नुपर्दछ।
प्रेम आचार्यले संविधानसभा भवन अगाडि आत्मदाह गर्दा बालेन्द्र शाहले यो राज्यले भरभराउँदो युवा, एउटा युवा उद्यमीलाई मर्न बाध्य बनायो भनेर सामाजिक संजालमा स्टाटस लेखेका थिए। अहिले गणेश बिकको मृत्यु पछि सामाजिक सञ्जालमा बालेन शाहको त्यही स्टाटस भाइरल भइरहेको छ । । यदि यो बालेनलाई अलिकति पनि लास श्रम भएको भएदेखि डाडुमा पानी तताएर मर्नुपर्ने । अलिकति पनि यसलाई लाजश्रम भएको भए प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्थ्यो। बालेन्द्र शाहले विगतको आफ्नै स्टाटस पढोस् र राजीनामा दियोस् भन्ने हाम्रो माग हो।
भाद्र २३ र २४ गते प्रहरीलाई जलाएर देशका सम्पदाहरुलाई जलाएर अहिलेको सरकार र संसदमा गएका व्यक्तिहरूले नै यो देशमा शासन चलाइरहेका छन् सिंहदरबार जनाउले सार्वजनिक सम्पदाहरू जलाउने पुलिस जलाउने ती अपराधी सांसदहरुलाई कारबाही हुनुपर्दछ यदि यिनीहरूलाई कारबाही हुँदैन भने मान्छेहरु सरकारमा जानेछन् माओवादीले विध्वंस गर्यो खै के कारबाही भयो भनेर पनि भन्ने गरिन्छ तर युद्धमा दोहोरो हानहान भयो दुवैतर्फ मरे। तर यिनीहरुले त एकोरो रूपमा विध्वंस गरेका छन्। यो बर्खाको समयमा पनि सरकारको अत्याचारका विरुद्धमा जनता सडकमा आएका छन्। हिजो काठमाडौँमा भएको जुलुसलाई पुलिसले थेग्ने नसक्ने गरी अत्याचारको विरुद्धमा जनता उठे यदि यस्तै किसिमको घटना छठ पर्वपछि भएको हुन्थ्यो भने यही घटनाले यो सरकार गइसक्ने थियो। यो असार मासको बेला पनि हामीले अन्यायको विरोधमा उत्रनुपर्छ भनेर सांकेतिक रुपमा यो कार्यक्रम गरेका छौं सबै जनता सतर्क भएर अन्य अत्याचारको विरुद्धमा उठ्नका निम्ति जुट्नका निम्ति आग्रह गर्दछु।
(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चितवनमा २०८३ असार २८ मा आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै उक्त पार्टीका पोलिटब्युरो सदस्य चन्द्रहरी सुवेदी ‘अटल’ले राखेको मन्तव्य )

