सुनसरी हत्या काण्डको नेपाल कम्युनिष्ट पार्टीद्वारा घोर निन्दा एवम् भत्सर्ना

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले सुनसरी हत्याकाण्डको घोर निन्दा एवम् भत्सर्ना गरेको छ । पार्टीका संयोजक लोकनारायण सुवेदीले २०८३ साउन १२ गते एक प्रेस वक्तव्य जारी गर्दै निन्दा एवम् भत्सर्ना गर्नुभएको हो । वक्तव्यमा गोली काण्डका दोषीमाथि कडा कारबाही र मृतकका परिवारलाई यथेष्ठ क्षतिपूर्ति दिन तथा घाइतेहरुको उपचारको जिम्मा लिन समेत सरकारसँग जोडदार माग गरिएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –सुनसरी जिल्लाको देबानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा हिजो २०८३ साउन ११ गते राती भएको गोली काण्डमा एकजना यूवा ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको र धेरै जना मानिसहरु घाइते भएर अस्पतालमा उपचाररत रहनु परेको घटनालाई नेपाल कम्युनिष्ट पार्टी अत्यन्तै गम्भीर रुपमा लिन्छ र त्यस गोली काण्डको घोर निन्दा र भत्र्सना गर्दछ । यस घटनाका दोषीमाथि कडा कारबाही गर्न, मृतक परिबारलाई यथेष्ठ क्षतिपूति दिन तथा गोली काण्डमा परी घाइते भएका सबैको सम्पूर्ण उपचारको जिम्मा लिन समेत सरकारसँग नेपाल कम्युनिष्ट पार्टी जोडदार माग गर्दछ ।
यस घटनापछि कफ्र्यु लगाइएको सेना समेत परिचालन गरिएकोले स्थिति निकै नाजुक रहेको प्रष्ट छ । त्यसमा पनि यस अबाञ्छित घटनालाई निहुँ बनाएर साम्प्रदायिक सद्भाव, सहिष्णुता र पारस्परिक सामुदायिक एकता बिथोल्ने किसिमले धार्मिक उत्तेजना भड्काउने जुन संकेतहरु देखिन थालेका छन् र विषाक्त वातावरण बनाउन खोजिएको छ । त्यसप्रति सबै पक्ष सजग र संयमित बन्न तथा स्थितिलाई थप भड्किन नदिन र सामान्य बनाउन सबै समुदायका सचेत जन समुदायमा नेपाल कम्युनिष्ट पार्टी हार्दिक तथा जोडदार आह्वान गर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित