काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले साम्राज्यवाद विरोधी बृहद संयुक्त
मोर्चा निर्माणका लागि पहल गर्ने निर्णय गरेको छ । २०८३ साउन ९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव गौरवको अध्यक्षतामा बसेको स्थायी समितिको बैठकले उक्त निर्णय गरेको पार्टी स्रोतले जनायो ।
राष्ट्रिय स्वाधीनता माथिको खतरा गम्भीर बन्दै गएकोआजको स्थितिमा पार्टीको तर्फबाट एउटा अवधारणा पत्र तयार
गरी त्यसका आधारमा सम्पूर्ण देशभक्त, जनतान्त्रिक तथा अग्रगामी शक्तिहरुका बीच साम्राज्यवाद विरोधी बृहद संयुक्त
मोर्चा निर्माणका लागि पहल गर्ने सो पार्टीले जानकारी दिएको छ । विभिन्न पार्टीहरुसँग छलफलका लागि जिम्मेवारी समेत दिइएको छ ।
भाकपा (माले) (रेडस्टार) को महाधिवेशनमा जाने प्रतिनिधि,सङ्गठन सुदृढीकरण सम्बन्धी निर्णयहरुको कार्यान्वयन ,
प्रकाशन लगायतका विषयमा स्थायी समितिको बैठकले निर्णय लिएको पार्टी स्रोतले जनायो ।

