भारत । अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति अन्तर्गत महिला नगर विभागले प्रगतिशील तीज कार्यक्रम गर्ने भएको छ । विभागको २६ जुलाई २०२६ दिन बिभाग कि सचिव मिना बिक को अध्यक्षता र नगर सचिव हरिश बि क को विशेष उपस्थितिमा बसेको बैठकले तीज कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले सन् २०२६ तदअनुसार २०८३ सालको प्रगतिशील हरितालिका तीज बिभिन्न प्रगतिशील गित र नृत्य प्रस्तुत गरी नेपाली साँस्कृतिक झल्काउने प्रकारका कला प्रदर्शन गर्ने निर्णय गरेको छ।
विसंगतिपूर्ण परम्परा, पितृसत्तात्मक मान्यताहरूलाई तोड्दै, यस पर्वलाई महिलाहरूको अधिकार, स्वास्थ्य, समानता र सामाजिक रूपान्तरणको सन्देश दिने उत्सवका रूपमा मनाइने भएको हो । तीज सित जोडिएका कुरीति र आडम्बरको विरोध, निराहार व्रत बस्नुपर्ने वा शरीरलाई कष्ट दिनुपर्ने अतिवादी नियम लाई तोड्ने,सचेतना र महिला अधिकार, समानता र विभेदविरुद्ध आवाज उठाउने अठोटका साथ अघि बढ्ने संकल्प लिएर
महिलाहरूले भोग्दै आएका ऐतिहासिक र परम्परागत विभेदसँग सम्बन्धित महिला अधिकारसँग सामान्यतया सम्बन्धित मुद्दाहरूमाः शारीरिक स्वतन्त्रता वा आफ्नो शरीरमा आफ्नै हक र आत्मनिर्णयको अधिकार, यौन हिंसा बाट स्वतन्त्र हुनु, मतदान गर्ने अधिकार, सार्वजनिक पद धारण गर्ने अधिकार, कानुनी सम्झौतामा प्रवेश गर्ने अधिकार, पारिवारिक कानुनमा समान अधिकार पाउनु, काम गर्ने अधिकार, न्यायसंगत तलब वा समान पारिश्रमिक पाउनु, प्रजनन अधिकार, सम्पत्ति मालिक बन्ने अधिकार, र शिक्षामा पहुँच पाउनु समावेश अधिकार लेखितमा मात्र सिमित छन त्यस कारण त्यो अधिकार प्राप्तिका लागि महिला सशक्तिकरण हुन पर्ने जोड दिएको छ।


