काठमाडौं । नेपालले २०२७ को एसिया कपमा स्थान सुरक्षित गरेको छ । यूएईलाई पराजित गर्दै नेपालले सेपटेम्बर १२ मा सम्पन्न एसीसी पुरुष प्रिमियर कपको उपाधि जितेसँगै नेपाललाई उक्त उपलब्धि हात परेको हो । खेल मलेशियामा भएको थियो । २०२७ को जुनमा बंगलादेशमा एसिया कप हुनेछ । नेपाली खेलाडी सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भए । उनले ट्रफी सहित आफ्नो अवार्ड नेपालका बाढीपीडितलाई समर्पित गरे ।
Comments

