जेसी सिंजाली ,सूर्य थापा
पाखा नजिकै एउटा सानो घर थियो । त्यहीँ घरबाट नियालेर हेर्दाहेर्दै बिहान बाढीको आँधी आयो। धुलो र धुवाँ संगै सबैलाई बगायो। भोटेकोशीमा आएको बाढीले भत्किएका घरका थुप्रोले धेरै मानिसहरूलाई एकै साथ बगायो । को कहाँ छ ?जिउदो या मरेको भन्ने कसैले अनुमान लगाउन सक्ने अवस्था थिएन ।यो विषम परिस्थितिमा सन्देश बिना आएको यो महा विनाशकारी धुवामुखि हिउँ तुफानले लयो धेरैको ज्यान , धनमाल र भौतिक संरचना सबै चक्नाचुर बनाएको अवस्थामा हाम्रा आफन्त जनका शवका टुक्राहरु सुस्ता हुदै भारतको बिहार सम्म पुगेका छन् । यो विषम परिस्थितिमा हामी नेपाली हाम्रो एकतालाई एक साथ उठान त गर्नु नै छ । तर ती हाम्रा हिमाली तुफान संगै बगेका वेपत्ता परिवारको अवस्था सम्झेर हेर्ने हो भने कसको मन रुदैन होला र यहाँ सुरुङ भित्र अझै कति मानिसहरुको ज्यान छ त्यो अनुमान अझैसम्म एकिन भैसकेको अवस्था छैनन् ।
यो अवस्था भोटेकोसी, रसुवा, नुवाकोट, धादिङको भौगोलिक समस्या मात्रै होइन ।यो त विश्वका कतिपय देशहरुबाट उत्पन्न तापक्रमले गरेको असर हिम शिखर पग्लिएर हिमाली चट्याङले उत्पादन गरेको फन्को हो । यो फन्कोले नेपाललाई मात्रै असर गरेको छैन , अन्य देशमा पनि यस्ता अवस्थाहरु आउने गरेका छन् । अझैसम्म कति सुरुङ भित्र उद्धारको पर्खाइमा सुरुङ भित्र अत्तालिएको अवस्थामा छट्पटीमा रहेका छन त कतिलाई आफन्तको शवलाई फेला पार्न सके छिटै उम्कने सोचमा रहेको पाईन्छ भने कोही कुसको शव बनाई अन्तिम संस्कार गर्ने गरेका छन् ।हामीमा परेको बज्रपातको सामना हामी नै गर्ने हो ।
हाम्रो देशमा जो संसारबाट घुम्न भनी आएका थुप्रै पर्यटटकहरुको पनि अझै पुर्ण रुपमा कुनै तथ्यांक संकलन हुन सकेको अवस्था छैन । मानवीय हिसाब त यस्तो छ भने पसु चौपायाहरुको त कुनै संख्या नै छैनन् भन्दा हुन्छ । यस्तो अवस्थामा एक्लो घरको आवाज कस्ले सुन्छ ? यहाँ विगतमा सुस्तावासीले उठाएको आवाज जस्तो त हुने होइन ? रसुवा र भोटेकोसीको हिलोमय आवाज हिलो सुकेझै नसुकोस् ।संसारबाट जुटेको राहतले सबैको साथ पाउनेछ । पारि पाखा बाट नियालेको आवाजसंगै मृत्युमा परेकाहरु प्रति हार्दिक श्रद्धाञ्जली र घाइते हरुको स्वास्थ्य लाभको कामना र बेपत्ताहरुको खोजि कार्यमा अझै तीव्रता जाओस् यहीँ छ कामना ।
२८ भदौ २०८३

