सन्धिखर्क । साहित्यकार पीताम्बर भट्टराईद्वारा लिखित पूर्णाङ्कित नाटक “अलपत्र ु२०८३ आश्विन ११ गते सन्धिखर्कको शान्ति बगैँचा, योगाहलमा विमोचन भएको छ। लुम्बिनी वाङमय प्रतिष्ठानको जिल्ला सम्मेलनको दौरानमा प्रतिष्ठानले त्यो नाटक अलपत्रको विमोचन गर्ने कार्यक्रम जुराएको थियो।
प्रगतिशील लेखक सङ्घका अध्यक्ष ज्ञानबहादुर क्षेत्री, लुम्बिनी बाङ्मयका अध्यक्ष विष्णु बस्याल लगायतका व्यक्तित्वहरूद्वारा नाटक विमोचन गरिएको थियो। सो अवसरमा कृष्णप्रसाद भुसालको “काली कुञ्ज खण्ड काव्य पनि साथसाथै विमोचन भएको थियो। दुवै सिर्जनाहरूको बारेमा हेमराज भुसाल तथा माधव चुदालीूलगायतले टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।
साहित्यकार पीताम्बर भट्टराई अर्घाखाँची जिल्लाको साहित्यिक क्षेत्रमा विद्यार्थीकालदेखि नै प्रवेश गर्नुभएको हो। उहाँका सयौं कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन्। प्रकाशित सिर्जनाहरूमा पहिलो कविता संग्रह “पिपलबोट प्रकाशित भएको थियो। त्यसपछि सहिद टंक भुसालको जीवनमा आधारित “सहित गीती नाटक , खण्ड काव्य “नयाँ संसार र हाल पछिल्लो कृति पूर्णाङ्क नाटक अलपत्र प्रकाशन भएको छ अलपत्र एकाङ्की नाटक २०२५ सालमा के हो यो अलपत्र एकाङकी नाटक सन्धिखर्क, चुत्रावेसी बजारमा मञ्चन गरिएको थियो। दर्शकहरुले अत्यधिक मन पराएको कथावस्तुलाई साहित्यकार भट्टराईले हाल पूर्णाकीको रुप दिन सफल हुनुभएको छ । उहाँलाई लुम्बिनी प्रदेश स्तरको एउटा नाट्य संस्थाले सम्मानित गर्ने कार्यक्रम रहेको बताइएको छ ।

