आज अक्टोबर ९, विश्व हुलाक दिवस

काठमाडौ । आज अक्टोबर ९, विश्व हुलाक दिवस हो । नेपालमा यस वर्ष असोज २३ गते परेको छ । स्विट्जरल्याण्डको बर्नमा सन् १८७४ मा विश्वव्यापी हुलाक संघ स्थापना भएको संझनामा हरेक वर्ष ९ अक्टोबरमा, विश्व हुलाक दिवस मनाइन्छ।
सन् १९६९ मा जापानको टोकियोमा भएको विश्व हुलाक सङ्घको कङ्ग्रेसले यसलाई विश्व हुलाक दिवसको रूपमा मनाउने घोषणा गरेको थियो।
नेपालले सन् १९५६ जुलाई ११ का दिन विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेको थियो। ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित