लीलाबहादुर पुन ‘लालध्वज’को श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

दाङ । २०८३ असोज २३ गते घोराही–१४, दाङमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय सदस्य  लीलाबहादुर पुन ‘लालध्वज’को श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पार्टीका स्थायी समिति सदस्य  सन्तबहादुर नेपाली हुनुहुन्थ्यो।
कार्यक्रममा स्थायी समिति सदस्य  सन्तबहादुर नेपालीले कामरेड लीलाबहादुर पुन ‘लालध्वज’प्रति पार्टीका तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो संवेदना प्रकट गर्नुभएको थियो। उहाँले, “कामरेड लीलाबहादुर पुनको मृत्युले पार्टीले एक होनहार योद्धा गुमाएको छ र उहाँको निधनले पार्टीलाई ठूलो क्षति पुगेको छ,” भन्नुभएको थियो। साथै, उहाँले, “कामरेड लीलाबहादुर पुनले अँगालेको विचार र राजनीतिलाई सही तरिकाले आगामी दिनमा अगाडि बढाउनु नै उहाँप्रति सच्चा सम्मान र सच्चा श्रद्धाञ्जली हुनेछ,” भन्नुभएको थियो।
कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य तथा ४ नम्बर ब्युरो इन्चार्ज  समीर र पार्टीका पोलिटब्युरो सदस्य तथा ५ नम्बर ब्युरो सचिव  जितामित्र सुनारले पनि श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो।  लीलाबहादुर पुनको जीवनी, पारिवारिक जीवन र पार्टी जीवनका विषयमा पार्टीका केन्द्रीय सदस्य शशी बुढाथोकीले प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा लीलाबहादुर पुनकी ७३ वर्षीया आमा, जीवनसङ्गिनी, छोराछोरी, परिवारजन तथा पार्टी पङ्क्तिका सम्पूर्ण कामरेडहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता ४ नम्बर ब्युरो सचिव  टीकाराम पौडेलले गर्नुभएको थियो भने सञ्चालन  हुकुम खड्काले गर्नुभएको थियो।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित