काठमाडौं । माओ त्सेतुङलाई अपमान गर्दा फ्रान्सेली फुटबल खेलाडी किलियान एमबाप्पेलाई क्षति बेहोर्नु परेको छ । माओ त्सेतुङलाई तानाशाह भनेको विषयमा बिश्वब्यापि बिरोध भएपछि फ्रान्सेली फुटबल कप्तान किलियान एम्बाप्पेले माफी मागेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार उनको अभिव्यक्तिपछि चीनमा तीव्रआलोचना भएको थियो । उनीसँग व्यावसायिक साझेदारी गरेका चीनका विभिन्न कम्पनीले सम्बन्ध तोडेको घोषणा गरेका थिए । एम्बाप्पेले एक वक्तव्य जारीगर्दै आफ्नो टिप्पणीले चीन र विश्वभर रहेका चिनियाँ समुदायका मानिसलाई चोट पु¥याएको आफूले बुझेको बताएका छन् ।
उनले बक्तब्यमा हालैको एउटा अन्तर्वार्तामा मैले आफ्नो तस्बिरमाथि प्रतिक्रिया दिएको थिएँ । मेरो टिप्पणी विवेकपूर्ण थिएन । त्यसले चीन र विश्वभरका बिभिन्न समुदायका धेरै मानिसलाई चोट पु¥याएको अहिले मैले बुझेको छु भनेका छन् । उनले मेरो भनाइबाट दुःखी भएका सबैसँग माफी माग्छु । फ्रान्सेली पोडकाष्टका लागि गरिएको एउटा भिडियो अन्तर्वार्तामा एम्बाप्पेलाई आफूलाई सबैभन्दा बढी हँसाएको इन्टरनेट मिमबारे सोधिएको थियो । त्यसक्रममा उनले आफ्नो अनुहार माओको तस्बिरमा जोडिएको मिमको चर्चा गरेका थिए । ‘एउटा मान्छे थियो, मलाई लाग्छ ऊ चिनियाँ तानाशाह हो,’ उनले मिममा देखिएको व्यक्तिबारे भनेका थिए । उक्त तस्बिरमा माओको अनुहारमा एम्बाप्पेको अनुहार जोडिएको थियो । एम्बाप्पेको उक्त टिप्पणी सार्वजनिक भएपछि चीनमा देशभक्तहरुले उनको तीब्र आलोचना गरेका थिए ।
माओलाई आधुनिक चीनका संस्थापक नेताका रुपमा समेत सम्मान गरिन्छ । उक्त विवादपछि चीनका सरकारी टेलिभिजनले एम्बाप्पे सहभागी खेल र स्पेनिस ला लिगाका कार्यक्रम प्रसारणगर्न रोकेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । उनी देखिएका विज्ञापन पनि हटाइएका छन् । डेरी उत्पादक कम्पनी मेङनिउ, सांघाई मिल्कग्राउन्ड फुड टेक र पेय पदार्थ उत्पादक इस्ट्रोक बेभरेजले एम्बाप्पेसँगको सबै सहकार्य तत्काल अन्त्यगर्ने घोषणा गरेका छन्। उनीहरूले चिनियाँ जनताको भावनामा चोटपु¥याउने अभिव्यक्ति वा गतिविधिको विरोधगर्ने बताएका छन् ।

