अक्टोबर क्रान्ति नयाँ युगको सुत्रपात

काठमाण्डौ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र केन्द्रीय कार्यालय काठमाडौं , नेपालले अक्टोबर क्रान्तिले विश्वमा नयाँ युगको सुत्रपात गरेको बताएको छ ।आज अर्थात नोभेम्बर ७ का दिन रुसमा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भएको सम्झनामा केन्द्रका अध्यक्ष हस्तबहादुर केसीे प्रेस वक्तव्य जारी गर्दे सो कुरा बताउनु भएको हो । वक्तव्यमा महान् रुसी अक्टोबर वैज्ञानिक समाजवादी क्रान्ति एक युगान्तकारी परिघटना रहेको र सर्वहारा श्रमजीवी वर्गले मानव जातिकै इतिहासमा विश्व मै पहिलोपटक पुँजीपति ( प्रतिक्रियावादी वर्गको हातबाट सत्ता चुंडालेर आफ्नो हातमा सत्ता लिएर सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरेको थियो बताउँदै त्यसपछि संसारका दर्जनौं देशहरूमा कम्युनिस्ट पार्टीहरु निर्माण भएको कुरा उल्लेख गरिएको छ ।अक्टोबर क्रान्तिपछि चीन , कोरिया , भियतनाम , कम्वोडिया , क्युवा लगनशीलता देशहरूमा नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी क्रान्तिहरु सम्पन्न भएको जनाइएको छ ।वक्तव्यको पूर्णपाठ यसप्रकार छ –

आज ७ नोभेम्बर २०२६ । आजको दिन विश्व कम्युनिस्ट आन्दोलन र विश्व सर्वहाराश्रमजीवी र उत्पीडित राष्ट्रहरु तथा उत्पीडित मुक्तिकामी विश्व जनसमुदायका निम्ति एक ऐतिहासिक र अविस्मरणीय दिन हो । किनभने आजकै दिन अर्थात् आज भन्दा १०९ वर्ष पहिले रुसी नयाँ क्यालेन्डर अनुसार सन १९१७ नोभेम्बर ७ दिन विश्व सर्वहारा वर्गका महान् नेता , लेनिनवादका प्रतिपादक तथा महान् रुसी अक्टोबर समाजवादी क्रान्तिका नायक एवं रुसी वैज्ञानिक समाजवादका संस्थापक नेता लेनिनको नेतृत्व महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियो ।
महान् रुसी अक्टोबर वैज्ञानिक समाजवादी क्रान्ति एक युगान्तकारी परिघटना थियो र त्यस क्रान्तिले नयाँ युगको सूत्रपात गरेको थियो । र , विश्व सर्वहारा श्रमजीवी वर्गले मानव जातिकै इतिहासमा विश्व मै पहिलोपटक पुँजीपति ( प्रतिक्रियावादी वर्गको हातबाट सत्ता चुंडालेर आफ्नो हातमा सत्ता लिएर सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरेको थियो । त्यसपछि संसारका दर्जनौं देशहरूमा कम्युनिस्ट पार्टीहरु निर्माण गरिएका थिए भने चीन , कोरिया , भियतनाम , कम्वोडिया , क्युवा लगनशीलता देशहरूमा नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी क्रान्तिहरु सम्पन्न भएका थिए ।
रुसी समाजवादी देशमा प्रतिक्रान्ति भई पुँजीवादको पुनःस्थापना भएपश्चात् रुसमा आज समाजवादी व्यवस्था छैन र यसका साथै चीन , भियतनाम लगायतका समाजवादी मुलुकहरुमा प्रतिक्रान्ति भए पश्चात् आज संसारका कुनै पनि मुलुकमा समाजवादी व्यवस्था छैन र आज विश्व कम्युनिस्ट आन्दोलन र विश्व वैज्ञानिक समाजवादी शिविर रक्षात्मक अवस्थामा छ । एकातिर यस प्रकारको अवस्था छ भने अर्कोतिर साम्राज्यवाद र विश्व सर्वहारा वर्गबीच भीषण वर्गसंघर्ष चलिरहेकै छ र आजको महान् लेनिनले संश्लेषण गर्नुभएको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग कायमै छ । त्यसो भएर आज महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको १०९ वर्ष पछिसम्म पनि महान् रुसी अक्टोबर समाजवादी क्रान्ति र महान् लेनिनको आवश्यकता झनै बढेर गएको छ भन्ने सवालमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक , पत्रकार साहित्यकार तथा साँस्कृतिककर्मीहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ठहर छ । यसका साथै महान् लेनिनले निर्माण र नेतृत्व गर्नु भएको तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको विघटन र सन १९८४ को दशकमा निर्माण गरिएको क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन ( रिम ) को समेत विघटन भएपश्चात् आज अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रियबिहिन अवस्थामा पुग्न बाध्य भइरहेको छ । त्यसै विश्व सर्वहारा वर्गको सामु आज क्रान्तिकारी अन्तर्राष्ट्रियको स्थापना गर्नुपर्ने थप ऐतिहासिक जिम्मेवारी आइपुगेको छ भन्ने हाम्रो संगठन विश्लेषण रहेको छ । धन्यवाद ।
क्रान्तिकारी अभिवादन सहित ।

मिति ः ७ नोभेम्बर २०२६
ः २१ कार्तिक २०८३

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित