क्रान्ति हुनेछ

मनु वि.क.
क्रान्ति खोजिरहेछ समाज
क्रान्ति खोजिरहेछ देश
क्रान्ति खोजिरहेछ मन
क्रान्ति खोजिरहेछ विश्व ।

क्रान्तिको खिलापचलिरहेकाजालहरु
क्रान्तिविरोधमा खेलिरहेका चालहरु
क्रान्तिको विरुद्ध छरिएकाभ्रान्तिहरु
विना क्रान्ति सजाइएका शान्तिहरु
क्रान्तिको पर्खाइमा रहेका मसान्तीहरु
सकिनलाई आतुर छन् संसारमा ।

सुनिरहेको छ क्रान्तिले भ्रान्तिका गफहरु
सुनिरहेको छ क्रान्तिले क्रान्तिविरुद्ध पोखिएका आक्रोशहरु
बुझिरहेको छ क्रान्तिले आफुविरुद्ध फ्याँकिएका जाल र जन्जालहरु ।
संसारमा क्रान्तिलाई रोक्न
संसारमा परिवर्तनलाई छेक्न
बनेका छन् तमाम रात र बातहरु
टाँसिएका छन् तमाम बाँध र बन्धनहरु
क्रान्ति झूठो भएको भन्दै टाँगिएका छन् ठाउँ ठाउँमा तुलहरु
क्रान्ति सकियो भन्दै फैलाइएका छन् भ्रमहरु
बोलिँदैछ अब क्रान्ति सकियो ,
अति भयो अब क्रान्तिको कुरा,
अब चाहिँदैन क्रान्ति संसारमा ।

क्रान्तिले पढिरहेको छ सबै बात र घातहरु
क्रान्तिले भोगिरहेको छ कैयौं प्रतिक्रान्ति र लातहरु
क्रान्तिले सँगालीरहेको छ कैयौं क्रान्तिका धक्काहरु ।
क्रान्तिले चिनिसकेको छ क्रान्तिको बाटो
क्रान्तिले चिनिसकेको छ परिवर्तनको कथा
क्रान्तिलाई लागेको छैन क्रान्ति सकिएको छ ,क्रान्तिको बाटो मेटिएको छ ।

क्रान्तिलाई लागेको छैन क्रान्ति मेटिनेछ ।
क्रान्ति भेटिनेछ संसारमा
क्रान्ति उर्लनेछ विश्वमा
क्रान्ति हुनेछ संसारमा
संसारमा क्रान्ति भएको दिनमा
संसारमा क्रान्तिपछि शान्ति छाएको दिनमा
मानिसहरु मुक्तहुनेछन् सबै किसिमका बन्धनहरुबाट ।

त्यो आशामा
त्यो महान लक्ष्यमा क्रान्ति चलिरहेको छ,त्यो महान आशामा क्रान्ति फैलिइरहेको छ ।
जब सम्म यो धर्तीमा असमानता र विभेद रहने छ
जबसम्म यो धर्तीमा मान्छेले मान्छेको रगत खाएर बाँच्नेछन्
जबसम्म यो संसारमा मानिसको जीवन चुसेर मानिस मोटाउँछन
त्यो बेलासम्म क्रान्ति रोकिने छैन
क्रान्ति सकिने छैन ।

२०८३ कार्तिक २१ ,काठमाण्डौ ,बागबजार

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित