अमेरिकी साम्राज्यवाद, साउदी र यमनका बीचको संघर्ष

 

(अरव क्षेत्रको पहिलो कम्युनिस्ट सरकार यमनको इतिहास)

. अपत्य शर्मा

विश्वका आम जनता शान्ति सुख र समृद्धि चाहन्छन् । तर विश्व इतिहासमा विगतदेखि वर्तमानसम्म विस्तारवादी तथा साम्राज्यवादी शक्तिले विश्वका अमूल्य प्राकृतिक स्रोत र साधनहरुले सम्पन्न शान्तिपूर्ण जीवन व्यतित गरेका जनतालाई युद्ध, गृहयुद्ध र विश्वयुद्धहरुद्वारा हरि कंगाल बनाउनुका साथै ठूलो संख्यामा दास (विशेष गरेर अफ्रिकाली महादेशका) बनाएर क्रुर अकल्पनीय शोषण,उत्पीडन, दमन र आम नरसंहार गरे । विश्वमा यूरोपेली विस्तारवाद र साम्राज्यवादीले विश्वव्यापी रुपमा मानिसहरुलाई दास बनाउन लगभग ५ देखि ६ शताब्दी अघि (१६ औं शताब्दी ) १५०० को दशक वरिपरी प्रारम्भ गरे । पोर्चुगल, स्पेन,बेलायत, फ्रान्स र नेदरल्याण्ड जस्ता युरोपेली देशहरुले नयाँ भूभागको खोजी र उपनिवेशको स्थापनाको क्रममा १५ औं शताब्दीको अन्त्य र १६ औं शताब्दीको प्रारम्भदेखि अफ्रिका, एसिया र अमेरिकामा दास व्यापारलाई ठूलो स्तरमा अगाडि बढाए । विश्वव्यापी रुपमा साम्राज्यवादी विस्तारद्वारा महादेशहरुका बीच मानिसलाई बस्तुसरी किनबेच गर्ने आधुनिक दासप्रथा १६ औं शताब्दीदेखि नै तीब्र बनाएका हुन् । यी विस्तारवादी तथा साम्राज्यवादी शक्ति २१ औं शताब्दीमा आएरपनि वित्तिय शक्तिद्वारा एसिया, अफ्रिका र ल्याटिन अमेरिकी क्षेत्रमा आफ्नो पुँजीवादी नव औपनिवेशिक शक्तिको प्रयोग गरेर शोषण, उत्पीडन र युद्ध थोपरेर प्राकृतिक खनिजमाथि अधिकार जमाउन लागि परेका छन् । यस सिलसिलामा मध्यपूर्वको अरब प्रायद्वीपको दक्षिणपश्चिम कुनामा रहेको यमन र त्यहाँको गृहयुद्धबारे चर्चा गरिन्छ ।

यमनको विस्तृत इतिहासतिर चियाउँदा यसको इतिहास हजारौं वर्ष पुरानो र अत्यन्त समृद्ध छ। यो देश प्राचीनकालमा व्यापार, संस्कृति र सभ्यताको प्रमुख केन्द्र थियो । यमनको इतिहासलाई चार भागमा विभाजन गरेर हेर्नुपर्दछ ।
प्राचीनकाल ई.पू. १२ औं शताब्दीमै समृद्ध साम्राज्यमा पर्दथ्यो । यमनलाई अरेविया फेलिक्स अर्थात् सुखी समृद्ध भनिन्थ्यो, किनभने यो क्षेत्र हरियाली र जलस्रोतले धनी थियो । रणनीतिक रुपमा लाल सागर र अरब सागरको संगमस्थलमा अवस्थित भएकाले यो क्षेत्र सधै महत्वपूर्ण रहँदै आएको छ। सबा साम्राज्य यमनको सबैभन्दा प्रसिद्ध साम्राज्य हो । बाइबल र कुरानमा उल्लेख भएको सवाकी रानी यही साम्राज्यकी थिइन । उनीहरुले कृषि र सिंचाईका लागि प्रसिद्ध मारीब बाँध बनाएका थिए । जसले कृषि क्रान्ति ल्याएको थियो । सबा बाहेक हथद्रामौत, काताबान र माइन जस्ता शक्तिशाली राज्यहरु पनि थिए ।
हिम्याराइट साम्राज्यको पनि विशिष्ट स्थान छ, किनभने ई.पू. दोस्रो शताब्दीतिर उदय भएको यो साम्राज्यले पछि सम्पूर्ण यमनलाई एकीकरण ग¥यो । स्मरणीय छः यस साम्राज्यको अन्त्यतिर यहाँ इसाई र यहुदी धर्मको ठूलो प्रभाव रहेको थियो । सातौं शताब्दीदेखि १६ औं शताब्दीसम्म इस्लामिक काल रह्यो । सन् ६३० को दशकमा पैगम्बर मोहम्मदको जीवनकालमै यमनमा इस्लाम धर्मको आगामन भयो । यमनका शासक र जनताले सजिलैसँग इस्लाम स्वीकारेर यो क्षेत्र इस्लामिक खलिफाको नियन्त्रणमा आयो । १६ औं र २० औं शताब्दी यमनमाथि विदेशी हस्तक्षेप र विभाजनको समय रह्यो ।आधुनिक कालमा प्रवेश गर्दा दुई अलग वैदेशिक शक्तिको मारमा प¥यो र विभाजित भएर उत्तरी यमन र दक्षिणी यमन भयो। यमनको उत्तरी भागमा अटोमन साम्राज्य (टर्की) ले कब्जा ग¥यो । तर जैदी इमामहरुले टर्की विरुद्ध निरन्तर संघर्ष जारी राखे । प्रथम विश्वयुद्धमा अटोमन साम्राज्यको पतन भएपछि सन् १९१८ मा उत्तरी यमन “यमनको मुतावाक्कि लाइट अधिराज्यका रुपमा स्वतन्त्र भयो । मुतावाक्कि लाइट शब्द उर्दु र अरब मूलको शब्द हो, जसको नेपालीमा अर्थ हुन्छ ईश्वरमाथिको पूर्ण भरोसा अथवा अल्लाहमाथि विश्वास राख्ने अवस्था हुन्छ ।

दक्षिणी यमन बेलायती साम्राज्यको अधिनमा गयो । सन् १८३९ मा बेलायतले रणनीतिक रुपमा महत्वपूर्ण बन्दगाह सहर एडेनमा कब्जा ग¥यो र आफ्नो उपनिवेश बनायो । जसलाई ‘एडेन प्रोटेक्टोरेट’ भनिन्थ्यो । १९६२ देखि१९९० को शीतयुद्ध र दुई यमनको प्रारम्भ हुन्छ । सन् १९६२ मा सैन्य युद्धद्वारा इमामको शासन अन्त्य गरियो र यमन अरब रिपब्लिक) गणतन्त्रको स्थापना भयो यसलाई इजिप्ट र सोभियत संघको समर्थन थियो ।

दक्षिणी यमनमा सन् १९६७ मा बेलायती शासन विरुद्धको लामो सशस्त्र संघर्षपछि दक्षिणी यमन स्वतन्त्रभयो । यो अरब संसारकै पहिलो एक मात्र माक्र्सवादी–लेनिनवादी राष्ट्र बन्यो, जसलाई सोभियत संघले पूर्ण सहयोग गरेको थियो ।
यमनको एकीकरण १९९० मा भयो । शीतयुद्धको अन्त्य र सोभियत संघको विघटनसँगै दुवै यमनले एकीकरण गर्ने निर्णय गरे । १९९० को २२ मईमा उत्तर र दक्षिण यमन मिलेर एकल गणतन्त्र यमनको स्थापना गरे । उत्तर यमनका राष्ट्रपति अलि अब्दुल्ला सालेह एकीकृत यमनको राष्ट्रपति भए।यो एकीकरण पूर्ण रुपमा सफल हुन सकेन । दक्षिणी यमनका जनताले आफूहरुमाथि विभेद भएको महशुस गरेर सन् १९९४ मा एउटा छोटो गृहयुद्ध भयो र उत्तरी यमनले विजय प्राप्त ग¥यो ।
२१ औं शताब्दी र वर्तमान गृद्धयुद्धको थालनी हुनुमा अरब स्प्रिङ (अरब बसन्त) शुरु भयो । अरब स्प्रिङ २०११ मा प्रारम्भ भयो। ट्युनिसिया र इजिप्टमा जस्तै यमनमा पनि ३३ वर्षदेखि शासन गरिरहेका राष्ट्रपति सालेह विरुद्ध जन आन्दोलन भयो र सन् २०१२ मा सालेहले पदत्याग गेरर उपराष्ट्रपति अब्दुराबुह मन्सुरहादी राष्ट्रपति भए ।

हुथी विद्रोह र गृहयुद्ध हुनुका मुख्य कारण यमनको राजनीतिक अस्थिरताको फाइदा उठाउँदै उत्तरी क्षेत्रका सीया विद्रोहीसमूह हुथीले राजधानी साना कब्जा ग¥यो र राष्ट्रपति हारीले देश छाड्नु प¥यो । जसको परिणाम क्षेत्रीय द्वन्द्व प्रारम्भ भयो, किनभने हुथी सीया इरान समर्थित भएकाले सुन्नी राष्ट्र साउदीअरबको नेतृत्वमा एउटा बलियो सैन्य गठबन्धनले यमनमा हस्तक्षेप गरेकाले यमनी जनताका दुर्दिनहरु आएका छन् ।

सन् २०२६ को यमनको अनुमानित जनसंख्या ४३३७०७७५ (४२.९६ मिलियन) छ । यमन गरिब राष्ट्रमा गणना गरिए पनि बहुमूल्य खनिज पदार्थहरुले भरिपूर्ण छ । यमनमा पेट्रोलियमदेखि सुन, चाँदी जस्ता निकेल, कोबाल्ट, फलाम, टाइटेनियम, जुन विमान अन्तरिक्ष प्रविधि, चिकित्सा उपकरण र औद्योगिक सामग्रीमा प्रयोग हुन्छ । अन्य खनिजमा प्लेटिनम समूहका धातुहरुदेखि अति उपयोगी दुर्लभ पृथ्वीतत्व (रायर अर्थ इलिमेन्ट) पनि छन् (स्रोतः अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिसी) यमनको खानी तथा खनिज पदार्थ मन्त्रालय र विश्व बैंकको प्रतिवेदन)

जतिसुकै अमूल्य खनिज पदार्थ र अन्य प्राकृतिक स्रोत र साधनहरुले सम्पन्न भए पनि नरभक्षी साम्राज्यवादी शक्तिले त्यहाँका जनतालाई त्यसको संचालन उपभोग, विनिमय र वितरण गर्न दिंदैनन् । प्राकृतिक स्रोत र साधनमाथि उनीहरुले नै तैनाथी गरेर आफ्नो ढुकुटी भर्दै आएका छन्। विगतका यूरोपेली साम्राज्यवादी शक्तिले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकहरुलाई उपनिवेश बनाउन आम नरसंहार गर्दै क्रुरतम रुपले लुट गरे । माक्र्सवाद–लेनिनवादको उदयसँगै कम्युनिस्टहरुले साम्राज्यवादी शक्तिसँग कठोर संघर्ष गरेर स्वतन्त्र बनाए तापनि पछि गएर फाँसीवादी साम्राज्यवादी शक्तिले अनेकौं जालझेल र षडयन्त्रद्वारा आप्mनो कठपुतली सत्ता कायम गरे । पछिल्लो चरणमा उपनिवेशबाट स्वतन्त्र भएका मुलुकहरुमा अमेरिकी साम्राज्यवादीले वित्तिय प्रभुत्व कायम गर्दै अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंकहरुद्वारा नियन्त्रण गर्दै उदारवादी अर्थ व्यवस्था अन्तर्गत निजीकरण, स्वतन्त्र खुला बजार आदिको पासोमा पार्दै आएका छन् । द्वन्द्वरत यमनमा पनि अमेरिकी साम्राज्यवादीद्वारा अत्याधुनिक हातहतियारले सुसज्जित पारेर यमनमा आफ्नो कठपुतली सत्ता कायम गर्न सफल हुनुका साथै सिया सुन्नीको नाममा गृहयुद्ध गराइरहेछ । यमनलाई स्वतन्त्र बनाउने संघर्षमा यमनी कम्युिनस्ट पार्टीको ठूलो योगदान छ। यसकारण यमनी कम्युनिस्ट पार्टी बारे चर्चा गर्नु आवश्यक छ ।

यमनी कम्युनिस्ट आन्दोलन र शासन सत्ता मुख्य रुपले दक्षिणी यमन (पिपुल्स डेमोक्रेटिक रिपब्लि अफ (यमन पिडिआरवाइ) सँग जोडिएको छ । यो अरब जगत मध्य पूर्वमा एक मात्र कम्युनिस्ट माक्र्सवादी–लेनिनवादी राज्य थियो । सन् १९६० को दशक बेलायती शासन र स्वतन्त्रता आन्दोलनको दशक थियो । बेलायती उपनिवेश अन्तर्गत यमनको मुख्य सहर अदेन र आसपासका क्षेत्रमा बेलायती शासन थियो । बेलायती उपनिवेश विरुद्ध लड्न नेशनल लिवरेसन फ्रन्ट (एनएलएफ) को उदय भयो र कठोर संघर्षपछि सन् १९६७ नोभेम्बर ३० मा बेलायती सेना फिर्ता हुन बाध्य भयो र दक्षिणी यमनमा जनवादी गणतन्त्र (पिआरएसवाइ) को स्थापना भयो । त्यहाँ माक्र्सवादी–लेनिनवादी शासनको प्रारम्भ १९६९ जुन २२ मा भयो । त्यस शासनको प्रारम्भलाई रक्तरहित कुद्वारा भएको दावी गरिन्छ । त्यो कु नेशनल लिवरेसन फ्रन्टभित्रका कट्टर माक्र्सवादी लेनिनवादी समूहले गरेको थियो । जसमा मुख्य अब्दुल फत्ताह इस्माइल र सलिम रुविया अली लगायतले गरेका थिए । त्यसलाई आन्तरिक सत्ता पलटको रुप मानिन्छ । यसलाई (ग्लोरियस करेक्टिभमोभ) गौरवशाली महिमामय सुधारात्मक कदम भनिन्छ । कम्युनिस्ट राज्यको घोषणा भएपछि सन् १९७० मा देशको नाम परिवर्तन गरे पिपुल्स डेमोक्रेटिक अफ यमन (पिडिआरवाइ) राखियो ।योअरब क्षेत्रको पहिलो र एक मात्र आधिकारिक कम्युनिस्ट मुलुक बन्यो । तरपछि गएर १९७८ मा यमनी सोसलिष्ट पार्टीको गठन भयो । सोसलिष्ट पार्टीको स्थापना अब्दुल फत्ताह इस्माइलको नेतृत्वमा १३ अक्टोबर१९७८ मा विभिन्न वामपन्थी र क्रान्तिकारी समूहहरुलाई मिलाएर यमनी सोसलिष्ट पार्टीको गठन गरे । यो पार्टीको एकल शासन दक्षिणी यमनको एक मात्र वैधानिक सत्ताधारी राजनैतिक पार्टी बन्यो । यसको अन्तर्राष्ट्रिय सम्बन्ध चाहिं सोभियत संघ, क्युबा, पूर्वी जर्मनी, उत्तर कोरिया र चीनसँग घनिष्ट रुपमा जोडिएको थियो ।

यस पार्टीको आर्थिक तथा सामाजिक सुधारहरुः
(१) विदेशी बैंक, बीमा कम्पनी र ठूला व्यापारिक प्रतिष्ठानहरुलाई राष्ट्रियकरण गरिए ।
(२) सामन्तवादको अन्त्य गर्न किसानहरुलाई जमीन बाँँडियो ।
(३) अन्य रुढीवादी अरब देशहरुको तुलनामा महिला अधिकार, शिक्षा, स्वास्थ्य र धर्मनिरपेक्षताको आधारमा दक्षिणी यमनले ठूलो प्रगति ग¥यो । (टाइम म्यागेजिन ३)
तर यमनी सोसलिष्ट पार्टीभित्र कट्टरपन्थी र नरमपन्थी समूहमा सधै अन्तर्विरोध रह्यो । जनवरी १९८६ मा आएर पार्टीभित्रको सत्ता संघर्षले हिंस्रक रुप लियो । केही साताको गृहयुद्धमा हजारौं मानिस मारिए । प्रमुख सिद्धान्तकार अब्दुल फताह इस्माइलको मृत्यु भयो र धेरै नेताहरु देश छाड्न बाध्य भए ।यसको परिणाम के भयो भने कम्युनिस्ट शासनसत्ता कमजोर भयो । २२ मई–१९९० पछि उत्तर दक्षिण यमन एकीकरण भयो । एकीकरण हुनुमा १९८० को दशकको अन्त्यमा सोभियत संघको पतन शुरु भएसँगै दक्षिणी यमनको कम्युनिस्ट सरकारले आर्थिक संकटको सामना गर्नुप¥यो । दक्षिणी कम्युनिस्ट यमन र गैरकम्युनिस्ट उत्तरी यमनको एकीकरण भएपछि रिपब्लिक अफ यमन (वर्तमान यमन) को स्थापना भयो । एकीकरण पछि यमनमा बहुदलीय व्यवस्था लागु भयो । यमनी सोसलिष्ट पार्टी (वाइएसपि) ले आफ्नो कट्टर माक्र्सवादी लेनिनवादी विचारधारालाई त्यागेर प्रजातान्त्रिक समाजवाद अपनायो ।
सन् १९९४ को गृहयुद्ध र कम्युनिस्टहरुको विभाजन तब शुरु भयो । जब उत्तर यमनका राष्ट्रपपित अली अब्दुल्ला सालेहले सत्तामा एकलौटी गर्न थालेपछि दक्षिणका पूर्व कम्युनिस्ट नेताहरु असन्तुष्ट बने । सन्१९९४ मा यमनी समाजवादी पार्टीका नेताहरुले पुनः दक्षिण यमनलाई अलग देश बनाउने प्रयास गरेपछि गृहयुद्ध भयो ।उत्तरी यमनको बलियो सेनाले कम्युनिस्टहरुको यो प्रयासलाई सैन्य शक्तिद्वारा क्रुरतापूर्वक दमन ग¥यो । पार्टीका कार्यालयहर लुटिए, स्मारकहरु भत्काइए र धेरैजसो नेताहरुदेश छाडेर प्रवासमा जान बाध्य भए ।

यमनी कम्युनिस्ट पार्टीको जस पराजयबाट नेपाल लगायत विश्वका सर्वहारावादीहरुका लागि एउटा पाठ हो । परनिर्भरता, पतनोन्मुख सोभियत युनियनको आर्थिक आड भरोसाको अन्त्यसँगै यमनी कम्युनिस्टको संकटबारे गम्भीर भएर मनन गर्नु आजको आवश्यकता हो ।

आजको यमनमा समाजवादी पार्टी यमनको राजनीतिमा एउटा सानो प्रतिपक्षी दलको रुपमा मात्र सीमित छ । सन् २०१४ देखि यमनमा शुरु भएको गृहयुद्ध हुथी विद्रोहीहरुको उदय र अन्य क्षेत्रीय शक्तिका कारण यमन समाजवादी पार्टी लगायतका पुराना राजनैतिक दलहरु किनारामा पुगेका छन् । तर पनि अरब इतिहासमा सामाजिक न्याय र महिला अधिकारका क्षेत्रमा दक्षिण यमनका कम्युनिस्टहरुले गरेका प्रयोगलाई आज पनि एउटा ऐतिहासिक कोशेढुंगा मानिन्छ । यमनमा करिब ६५ प्रतिशत मानिस सुन्नी इस्लाम मान्छन् भने बाँकी करिब ३५ देखि ४० प्रतिशत सिया इस्लाम (विशेष गरेर जैदी समुदाय)को छ ।

यमनको गृहयुद्ध विगत लामो समयदेखि चलिरहेकाले विश्वकै सबैभन्दा गम्भीर संकट झेलिरहेछ । यो युद्ध उत्तरी यमनका हुथी विद्रोही र साउदी अरब समर्थित अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारका बीच केन्द्रित देखिए पनि यसका पछाडि साउदी अरबलाई हर किसिमको सैनिक उपकरणहरु दिएर लडाउने नरभक्षी अमेरिकी साम्राज्यवादी शक्ति रहेकोछ। कतिपय विश्लेषकहरुका मतमा यमनी गृहयुद्धको दीर्घकालीन र विस्तृत समाधान केवल सैन्य माध्यमबाट सम्भव नभएर बहुपक्षीय राजनीतिक, आर्थिक र क्षेत्रीय समझ्दारीबाट मात्र सम्भव छ । दिगो शान्ति सम्झौताका लागि स्थायी राष्ट्रव्यापी युद्धविरामको आवश्यकता छ । तनाव न्यूनीकरण गर्न सबै सशस्त्र समूहहरुले तत्कालका लागि आ–आफ्ना सैन्य अभियान बन्द गरी वार्ताको वातावरण बनाउनुपर्छ । अर्को महत्वपूर्ण पक्ष भनेको संयुक्त र सन्तुलित सरकारको खाँचो छ, जसमा यमनको भविष्य निर्धारण गर्न हुथी विद्रोही वर्तमान सरकार र दक्षिणी पृथकतावादी समूह समावेश भएको एउटा संयुक्त र सन्तुलित सरकारको खाँचो छ । जसमा यमनको भविष्य निर्धारणगर्न हुथी विद्रोही वर्तमान सरकार र दक्षिणी पृथकतावादी समूह समावेश भएको एउटा संयुक्त र सन्तुलित सरकारको खाँचो छ । यो यमनी गृहयुद्ध प्रोक्सी युद्ध हो । यमनको सन्दर्भमा साउदी अरब र इरान एक अर्कासँग सीधै नलडेर यमन भित्रको समूहहरुलाई समर्थन गरेर लडाउनु हो । अर्को शब्दमा भन्नुपर्दा अरुलाई अगाडि सारेर शक्तिशाली देशहरुले आफ्ना स्वार्थका लागि लड्ने लडाइँ हो ।यमनी युद्धमा साउदी अरब र इरानबीच कुटनीतिक सम्बन्ध सुधार हुनु र आ–आफ्ना पक्षलाई हतियार र आर्थिक सहयोग बन्द गरी शान्तिका लागि दबाब दिनु हो तर पनि अमेरिकी साम्राज्यवादीका लागि यो युद्ध जारी रहनु ठूलो आर्थिक र राजनैतिक लाभको बाटो भइरहेछ । तर पनि साउदी अमेरिकी मान्यता प्राप्त यमनी सरकारको सत्ता जोगाउनी कोशिश गरेपनि हाल हुथीहरुको पल्ला भारी देखिंदै छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित