ज्योति नारायण शर्मा
वैकल्पिक केन्द्रीय सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
१.भारतमा लामो समय संगठनमा काम गरेको यहाँको अनुभव छ ।नेपालमा आए पछि पनि सांगठनिक जीवन बिताउनु भएको छ । भारत र नेपालमा सांगठनिक कार्यमा के फरक पाउनु भयो ?
–भारतमा मैले १९८३ देखि मूलतः दक्षिण भारतमा रहेर अखिल भारत नेपाली एकता समाज, अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाका विभिन्न समितिहरुमा रहेर काम गरें । सन् २०१४ मा लखनउमा सम्पन्न मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको सातौं अखिल भारत नेपाली एकता समाज केन्द्रीय सल्लाहकार समेत रही काम गरेँ । सन् २०२४ (वि.सं २०८० ) देखि म नेपालको नवलपुरको गैंडाकोटमा बसेको छु ।
भारतमा हाम्रो मजदुरको जीवनशैली अनुरुप निश्चित समय छुट्टि हुन्थ्यो । विदा हुन्थ्यो, हामीलाई छुट्टि र विदाका समय मिलाएर भेटघाट ,छलफल,बैठक भेला प्रशिक्षण गर्न सजिलो हुन्थ्यो । तर नेपालमा एउटा पेशामा जोडिएपछि वा किसानी कार्य गर्दा समय मिलाउन नै अप्ठ्यारो हुने अवस्था रहन्छ । एउटा कुरा त त्यसरी समय व्यवस्थापन गर्न गाह्रो छ । नेपालमा पहिले यातायातको असुविधाले गर्दा सांगठनिक काममा धेरै समय हिड्न पर्ने अवस्था थियो तर नेपालमा पनि यातायातको विकास भएकाले केही सजिलो भएको छ । भारतमा हामीले प्रवासी नेपाली मजदुरका समस्यालाई लिएर उनीहरुको हक अधिकारकोलागि संघर्ष गर्नु पर्दथ्यो । भने यहाँ नेपालमा नेपाल भित्रकै किसान, मजदुरका हक अधिकार ,उत्पीडित समुदायका अधिकार र राष्ट्रिय स्वाधिनताका विषयलाई लिएर संघर्ष गर्नु पर्ने अवस्था छ ।
२.एक क्षण कल्पना गर्नुस, मानौं तपाइँ संगठनमा लागेको भएर मलाई यो लाभ भयो । संगठनमा नलागेको भए त जीवनको केही महत्वपूर्ण पक्षको अनुभव गर्न नपाइने रहेछ नि ! भन्ने त्यस्तो केही चीज छ कि ?
–यदि संगठनमा नलागेको भए आज म जनताले जे जस्तो जीवन बिताउँछन् त्यस्तै जीवन बिताउँथे होला । तर सांगठनिक जीवनको जुन महत्व छ र त्यसमा जुन आनन्द छ म त्यसबाट नै वञ्चित हुन्थें हुँला भन्ने लाग्दछ । भारतमा छँदा खासगरी चेन्नैमा दुर्घटनामा परी घाइते भएका, मृत्यु भएका परिवारलाई आर्थिक संकलन गरी सहयोग, बेखर्ची नेपालीलाई स्वदेश पठाउने गरी,अन्यायमा परेका नेपालीलाई मालिकसँग कुरा गरी तलब वा राहत दिलाइदिने न्यायिक निकायहरुमा मुद्दा हाली पीडित परिवारलाई क्षतिपूर्ति दिलाउने काम हामीले एकता समाजको तर्फबाट गरेका थियौं । त्यस्ता कैयौं काम गर्नु पर्यो । जसले गर्दा ती न्याय पाएका व्यक्तिहरुले अहिले पनि हामीलाई सम्झन्छन् । पश्चिम दार्चुला डढेलधुरा देखि पूर्व इलाम, धरान सम्मका नेपालीहरु हाम्रो कामबाट खुशी भए । जनताको खुशीमा हामीलाई खुशी लाग्नु स्वभाविक छ ।
३. त्यस्तो कुनै अविश्मरणीय घटना छ कि ?
–२००६ मा दाङको एउटी थारु चौधरीको छोरा गाडी दुर्घटनामा परी मृत्यु भए । हामी मद्रास(चेन्नै)हाइकोर्टमा मुद्दा लड्यौं दुर्घटनामा परेका र मृत्यु भएका व्यक्तिका आमा र बाबा मद्रास गए । १७ लाख भारु हाइकोर्टले क्षतिपूर्ति उपलब्ध गरायो । त्यसलाई सुरक्षित पूर्वक नेपालमा लिएर जाने व्यवस्था मिलाइदियौं । खुशी भएर घरबाट भट्ट र घ्यू उपहार पठाएका थिए दाङबाट । त्यसलाई एक प्रकारको जनताको माया र सम्झना भन्नु प¥यो । डोटीको आदर्श गा.पा. को त्यस्तै घटना २०२१ तिरको थियो । हामीले क्षतिपूर्ति दिलाइयो । २०२४ तिर फल्लेवास पर्वतको व्यक्तिको घटना थियो । हामीले क्षतिपूर्ति दिलाएका थियौं । यस्ता अनेकौं घटनामा हामीले जनताको पक्षमा न्यायिक लडाई लडेका थियौं ।
४ .तपाइँ लामो समय नेकपा (मसाल) अन्तर्गतको पार्टी संगठन र जनवर्गीय संगठनमा काम गरेको व्यक्ति २०७८ मा मसालको समानान्तर संगठन बन्यो । तपाइँ सन्तबहादुर नेपाली, कृष्ण पौडेल लगाएतले नेतृत्व गरेको मसालतिर आबद्ध हुनु भयो , मशाल गठन र पार्टी एकता हुँदै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा हुनुहुन्छ मसाल परित्याग गर्नुको कारण के हो ?
–पहिलो कुरा सैद्धान्तिक तथा राजनीतिक कारण हो । मोहनविक्रसिंहले नेतृत्व गरेको (मसाल)ले क्रान्तिकारी लाइन छाड्दै छाड्दै संसदवादमा भासियो । हामीले पार्टीलाई क्रान्तिकारी लाइन मै अडाउन अनेकौं प्रयास ग¥यौं । अनावश्यक रुपमा पार्टी प्रतिक्रियावादी सरकारमा जाने संसदीय व्यवस्थालाई संरक्षण गर्ने नीति ल्याउन थाले पछि पार्टीमा अन्तरसंघर्ष भयो । नेतृत्व सच्चिन तयार भएन । दोस्रो कुरा अन्तरसंघर्षलाई व्यवस्थित र मर्यादित गराउने भन्दा पनि जनवादी केन्द्रीयताको सिद्धान्तलाई उल्लंघन गर्दै फरक मत राख्ने साथीहरुलाई धमाधम कारबाही गर्ने, ,एकलीकरण गनर्,े विघटन गर्ने लगायतका कामहरु भए । क्रान्तिकारी धारको रक्षाको लागि हामीले नयाँ कदम चाल्नु पर्ने भएकाले हामीले वर्षौंदेखि काम गर्दै आएको पार्टीबाट सम्बन्ध विच्छेद ,पार्टीको पुनर्गठन । एकता प्रक्रियामा जानु परेको हो । मसालको आठौं महाधिवेशन (२०७६ ) मा पार्टीले विगतदेखि चल्दै आएका लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीत हुँदै आएका कमी कमजोरीहरुलाई सुधार नगरेर भिन्न मत राख्ने पार्टी कार्यकर्ताहरुलाई कार्वाहीको डन्डा वर्षाउने काम ग¥यो । जसको परिणाम पार्टीलाई पुनर्गठन गर्दै अगाडि बढ्नु परेको थियो ।
५. क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल गठन भए पछि पार्टी सही ढंगले बढेको छ त ?
–राष्ट्रिय एकता महाधिवेशन (२०८१ मंसिर)बाट पार्टीले मूलतः क्रान्तिकारी कार्यदिशा तय गरेको छ । त्यसलाई कार्यान्वयन गर्ने तर्फ विशेष ध्यान दिनु पर्ने आवश्यकता छ । पार्टीमा फरक फरक मनोविज्ञान ,संस्कृति र सांगठनिक अभ्यासबाट आएका सार्थीहरुको एकता भएकाले अझै भावनात्मक एकताको विकास भइरहेको छैन । पार्टीमा भावनात्मक एकता स्थापना गर्नु पर्ने आवश्यकता मैले देखेको छु ।
६. अहिलेको राजनीतिक परिस्थितिलाई कसरी हेर्नु हुन्छ ?
–वर्तमान परिवेशमा नेपालको राजनीतिक अवस्था अमेरिकी साम्राज्यवादको इशारामा देशका शासकहरु छन् । वर्तमान राजनीतिक अवस्थाको विकल्प स्वाधीन संयुक्त सरकार गठन , नयाँ जनवाद र समाजवादको बाटो हो । जसको लागि सच्चा देशभक्त,वामपन्थी गणतान्त्रिक शक्तिहरुको एकता नै वर्तमान अवस्थाको निकाश विकल्प हो ।
७. अन्तमा हाँक मार्फत केही भन्नु छकि ?
–जनताको मन मुटुमा बस्न सफल, जनताको आवाजलाई दह्रोसँग उठाउने पत्रिका हाँक साप्ताहिक अनेकौं उतारचढाव पार गर्दै ४४ वर्षमा प्रवेश गरेको छ । यसको निरन्तर प्रगतिको कामना गर्दछु , विचार राख्ने अवसर दिनु भएकोमा धन्यवाद ।

