काठमाण्डौ । महिला तथा बालिकाको हत्या आफन्त र नजिकको साथी बाटै हुने गरेको संयुक्त राष्ट्रसघको प्रतिवेदले देखाएको छ । प्रतिवेदनलविश्वभर सन् २०२५ मा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको हत्या उनीहरुको नजिकको आफन्त वा नजिकको घनिष्ठ साथीहरुबाट भएको प्रतिवेदन सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसङ्घीय महिला संस्था र लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालयको प्रतिवेदन अनुसार पछिल्ला केही वर्षयता घनिष्ठ साथी वा परिवारका सदस्यबाट मारिने महिला तथा बालिकाको सङ्ख्या ४५ हजारदेखि ५१ हजारको बीचमा रहँदै आएको छ ।
महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसअघि सार्वजनिक प्रतिवेदनअनुसार सन् २०२५ मा जानाजानी हत्या गरिएका ७८ हजार महिला तथा बालिकामध्ये करिब ६० प्रतिशतको हत्या घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको थियो । तीमध्ये ४७ हजार पीडितको सङ्ख्याले दैनिक औसत १२९ महिला तथा बालिकाको ज्यान जाने गरेको देखाउँछ ।
प्रतिवेदनमा १२२ देश तथा क्षेत्रका तथ्याङ्क विश्लेषण गरी उक्त अनुमान तयार गरिएको जनाइएको छ । सन् २०२५ मा विश्वभर हत्या गरिएका व्यक्तिमध्ये महिला १९ प्रतिशत थिए ।
तीमध्ये ६० प्रतिशतको हत्या निजी तथा पारिवारिक परिवेशमा भएको थियो । यसको तुलनामा हत्या गरिएका पुरुषमध्ये ११ प्रतिशत मात्र त्यस्ता परिस्थितिमा मारिएका थिए ।संयुक्त राष्ट्रसङ्घले घरेलु हिंसा रोक्ने प्रयास घनिष्ठ सम्बन्धमा मात्र सीमित नराखी परिवारका अन्य सदस्यबीचको सम्बन्धमा हुने हिंसालाई समेत सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
प्रतिवेदनअनुसार महिला तथा बालिकाको हत्या कुनै पनि क्षेत्र पूर्ण रूपमा सुरक्षित नरहेको देखिन्छ । घनिष्ठ साथी वा परिवारका सदस्यबाट मारिएका महिला तथा बालिकाको सङ्ख्या अफ्रिकामा सबैभन्दा बढी २२ हजार १०० रहेको छ । त्यसपछि एसियामा १५ हजार १००, अमेरिकामा सात हजार ४००, युरोपमा दुई हजार १०० र ओसिनियामा ३०० जना मारिएका छन् ।
विश्वव्यापी रूपमा हत्याको दर घट्दै गए पनि महिला हत्याको दरमा आएको गिरावट भने सुस्त रहेको प्रतिवेदनले जनाएको छ । विशेषगरी अमेरिका र युरोपमा महिला हत्याको दर क्रमशः घटिरहेको उल्लेख गरिएको छ । महिला तथा बालिकाहरुकोलागि घर नै असुरक्षित रहेको जनाइएको छ ।

