काठमाडौं । अवैध तरिकाबाट अमेरिका छिर्नको लागि अमेरिकाको बोर्डर मेक्सिकोमा आप्रवासीहरुको अत्यधिक भीड लागेको छ । लामो समयदेखि अवैध तरिकाले अमेरिका छिर्ने बाटो मेक्सिकोको सीमा रेखा हुँदै आएको छ । त्यसैको सिलसिला अहिले पनि नरोकिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । पछिल्लो २४ घण्टाभित्रमा अमेरिका छिर्नको पर्खाइमा रहेका १० हजार भन्दा बढी आप्रवासी अमेरिका मेक्सिको बोर्डरमा रहेका छन् । उनीहरु २०२० मा कोभिड महामारीका समयमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नियन्त्रण गर्न “टाइटल फोर्टी ट”ु भन्ने नियम लगाएर बोर्डरलाई कडा निगरानीमा राखेका थिए । उनले बोर्डर बन्द गर्नेसम्म घोषणा गरेका थिए ।
मेक्सिको अमेरिका बोर्डरमा हजारौं संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने सोही नीतिलाई जोन वाइडेनले पनि लागु गरेका थिए । त्यो नीतिको समय अबको केही घण्टा मै सकिनै लागेको छ । यस अवस्थामा बोर्डरमा पुगेका आप्रवासीहरु कहाँ कति बेला के हुने हो , अमेरिका छिर्न पाइने हो वा के नीति घोषणा हुने हो ? भन्ने मनमा लिएर बोर्डरमा बसिरहेका क्याम्पमा बसिरहेका छन् भनेर अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । अमेरिका सबैको त्यस्तो सपनाको शहर भएको छ । जहाँ विश्वभरीबाट वैध, अवैध हर तरिकाबाट जानेहरुको लर्को लाग्ने गरेको छ । त्यहाँ अहिले आप्रवासीहरुका विषयमा अदालतमा समेत मुद्दा दर्ता भएका छन । आप्रवासीको मानवअधिकारका विषयलाई लिएर अदालतमा बहस भएका छन् । आप्रवासीहरुले अदालतले गर्ने फैसला के आउने हो ? भन्दै कुरिरहेका छन् ।
विश्वमा जब नाउहरुको विकास भयो, जब मान्छेले समुन्द्रमा तैरिने डुंगाको आविष्कार गरे, त्यसपछि मान्छेहरुले समुन्द्रमा तैरिएर आफ्ना आवश्यकताहरु पूरा गर्न थाले । समुन्द्रमा पाइने माछाबाटमान्छेले खाद्यान्न प्राप्त गर्दथ्यो भने रातमा उज्यालोको रुपमा माछाको बोसो प्रयोग गर्दथ्यो । समून्द्रमा आफ्नो जीविकाको लागि खेल्ने मान्छे कालक्रममा एक, देश र अर्को देशसम्म पुग्ने भयो– जब १५ औं शताब्दी शुरु भयो । तब यूरोपेलीहरु विभिन्न ठाउँमा यात्रा भ्रमणमा निस्किए । उनीहरु महिनौं दिनसम्म समुन्द्रमा तैरिंदै अर्को टापु, अर्को देशहरुमा पुग्दै रहे, त्यसैको सिलसिला सन् १४९२ कोलम्बसले अमेरिका पत्ता लगाई सकेपछि यूरोपियन मुलुक, स्पेन, फ्रान्स, बेलायत जस्ता देशबाट मान्छेहरु अमेरिका प्रस्थान गरे । भनिन्छ अमेरिकामा आधुनिक बस्ती बसाउने र शिक्षाको जग बसाल्ने काम उनीहरुले नै गरेका थिए । त्यतिबेला यूरोपियनहरुले यात्रा विवरण लेखी छपाई जताततै बाँडेका थिए । त्यो हेर्दै र सुन्दै गर्दा अत्यन्त मोहित भएर यूरोपियनहरु अमेरिका पुगेका थिए । त्यहाँ आफ्नो अधिपत्य कायम गरेका थिए । त्यहाँका आदिवासीहरुलाई परास्त गर्दै आफ्नो साम्राज्य कायम गरेका थिए । पाँच सय वर्ष भन्दा माथिको अमेरिका छिर्ने यो सिलसिला आज पनि जारी छ, वैद्य वा अवैध रुपमा । त्यसैको निरन्तरता हो यो तर फरक उद्देश्यका साथ पहिले आफ्नो साम्राज्य विस्तार गर्ने थियो भने अहिलेको अमेरिका प्रस्थान, अवसरको खोजी, सुखी जीवनको कल्पना । कल्पनालाई यथार्थमा परिणत गर्न निकै गाह्रो छ आप्रवासीहरुलाई । आफ्नै जीउ खतरामा राख्दै, प्रशासन र सुरक्षाकर्मीको आँखा छल्दै, भोक प्यासै काट्नु छ “मेक्सिकोको सिमाना । थाहा छैन कति वर्ष, कति महिना लाग्ने हो सिमाना काट्न ।
अमेरिका छिर्न आप्रवासीहरुको मेक्सिको बोर्डरमा भीड
Comments

