काठमाडौं । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको आयोजनामा काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा मिटरव्याज, लघुवित्त, सहकारी, उखु, दुग्ध, तरकारी समस्या पीडित किसानहरुको आन्दोलनप्रति ऐकबद्धता जनाउँदै ऐक्यबद्धता सभा सम्पन्न भएको छ । सभामा अतिथिहरु राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका संयोजक तथा नेकपा (मशाल)का महासचिव सन्तबहादुर नेपाली, नेकपाका अध्यक्ष लोकनारायण सुवेदी, क्रान्तिकारी मोर्चाका बागमती प्रदेश संयोजक यशु चौलागाई, मिटरव्याज पीडितहरुको तर्फबाट पुनम रहेका थिए ।


कार्यक्रममा अतिथिवक्ताहरुले यो व्यवस्थामा सबै उत्पीडित किसानहरुले न्याय पाउन गाह्रो हुने बताए । दलाल व्यवस्था देशमा रहेकोले सबै स्थानमा दलाली गर्नेहरुले नाफा कमाई रहेकाले वास्तविक उत्पादक किसानहरु मर्कामा परेको कुरामा जोड दिए ।
सरकार नै किसानमारा रहेको भन्दै किसानहरुले दुध, उखु, तरकारी जस्ता उत्पादनको झुक्तानी प्राप्त गर्न नसकेको बताए । सरकारले आयातित तरकारी दुधजन्य पदार्थलाई रोक्न नसक्दा किसानहरुको उत्पादन बिक्री हुन नसकेको, त्यसको रोक लगाउनको लागि निरन्तर खबरदारीको आवश्यकता रहेको कुरा उल्लेख गरे । वक्ताहरुले गाउँगाउँमा किसानमारा साहु महाजन रहेको सरकार पनि तिनै साहु महाजनको भएकाकारण किसानका समस्याप्रति सरकारले बेवास्ता गरेको बताए । किसानहरु, लघुवित्त पीडित, सहकारी पीडित उत्पादनमा सक्रिय किसानहरुले अधिकार प्राप्तिको लागि समस्या समाधानको लागि ठूलो खबरदारी र संघर्षको आवश्यकतामा जोड दिए । ऐक्यबद्धता कार्यक्रमको संचालन पुस्कर गौतमले गरेका थिए । देशमा केही समय यतादेखि सहकारी पीडित किसानहरु लघुवित्त पीडित, दुग्ध किसानहरु निरन्तर संघर्षमा रहेका छन् ।



