चैत्र – ९,काठमाडौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, सभा,जुलुस लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।
चियोभञ्ज्याङबाट हिंडेको टोलीः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना पाँचथरको चियोभन्ज्याङबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोली तेहथुमको सदरमुकाम म्याङलुङ बजारबाट तेह्रथुमको बसन्तपुर बजार आइपुगेको छ । यस अभियान टोलीले बसन्तपुर बजारमा कोण सभा गरी धनकुटा तर्फ मार्चपास गर्दै अगाडि बढ्ने छ । यो टोली धनकुटाको सिंधुवामा बास बस्नेछ । पाँचथरको याशोक,तेह्रथुमको आठराई , म्याङ्लुङमा यस टोलीले कार्यक्रम सम्पन्न गरी सकेको छ ।
काँकडभिट्टाबाट हिंडेको टोलीः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना झापाको काँकडभिट्टाबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले आज मोरङको पथरी क्षेत्रमा कार्यक्रम गर्दै छ । यो अभियान टोली आज मोरङको बेलबारीमा बास बस्ने छ ।
झुलाघाटबाट हिंडेको टोलीः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना बैतडीको
झुलाघाटबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो टोलीले आज डडेल्धुरा छाडेर डोटी प्रवेश गर्दै छ ।
गड्डाचौकीबाट हिंडेको टोलीः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र ८ गते दिउँसो कञ्चनपुरकोे बेलौरी ,पुनर्वास क्षेत्रमा कार्यक्रम गर्दै हिजो नै कैलाली जिल्ला प्रवेश गरेकोछ । यस टोलीले आज कैलालीको गोदावरी क्षेत्रमा कार्यक्रम गर्दैछ ।