पञ्जाबको जालन्धरमा अखिल भारत सम्मेलन हुने

चेन्नई ,भारत , महेन्द्र बस्याल । अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको विस्तारित बैठक दिनांक २६ अप्रेल २०२६ का दिन चेन्नईको भेपरीमा अबस्थित महाराष्ट्र भवनमा सम्पन्न भएको छ। विस्तारित बैठकले नवौ अखिल भारत सम्मेलन दिनांक १९, २० र २१ फरवरी २०२७ का दिन पञ्जाबको जालन्धर शहरमा गर्ने निर्णय गरेको छ। सम्मेलन सफलताको लागि अध्यक्ष आनान्द थापाको ईन्चार्जमा २५१ सदस्यीय सम्मेलन तयारी समिति गठन भएको छ। कामलाइ सहजीकरण गर्नको लागि बिभिन्न विभागहरू पनि गठन गरिएको छ। जस्मा केन्द्रीय कोषाध्यक्ष मिलन केसी को ईन्चार्जमा क्षेत्रीय अध्यक्षहरू सहितको आर्थिक विभाग, महासचिव महेन्द्र बस्यालको ईन्चार्जमा प्रेस विभाग, उपाध्यक्ष एम्बी हमालको ईन्चार्जमा प्रचार प्रसार विभाग, केंद्रीय सदस्य उमानन्द आचार्यको ईन्चार्ज स्वयंसेवक विभाग, केन्द्रीय सदस्य श्याम बहादुर बिक को ईन्चार्जमा अतिथि सत्कार विभाग, राम सिंह विकको ईन्चार्जमा सांस्कृतिक विभाग, राम बहादुर कौशलको ईन्चार्जमा हल तथा मेष विभाग पनि गठन गरिएको छ। विस्तारित बैठकको अध्यक्षता केन्द्रीय अध्यक्ष आनन्द थापाले गर्नु भयो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ शब्द बाट केन्द्रीय उपाध्यक्ष एम्बी हमालले र संगीत बाट रक्तिमका कलाकारहरूले स्वागत गरेका थिए। प्रमुख अतिथि भारतका ईन्चार्ज तथा पूर्व महासचिव खगेस्वर शर्माले दिप प्रज्वलन गरी तालीको गड़गड़ाहट विस्तारित बैठकको उद्घाटन गर्नु भएको थियो। विस्तारित बैठक सफलताको शुभकामना दिनेहरूमा अखिल भारत नेपाली एकता समाजका पूर्व महासचिव कृष्ण केसी, उपाध्यक्ष एम्वी हमाल, महासचिव महेन्द्र वस्याल, कोषाध्यक्ष मिलन केसी, रक्तिम विभाग बाट राजु थापा, समता विभाग बाट श्याम बहादुर बि क, जनजाति विभाग बाट सुर्य थापा, महिला विभाग बाट ज्ञानमति बिक, पत्रकार राजु अधिकारी रहनु भएको थियो भने क्षेत्रीय समिति बाट रिपोर्ट गर्नेहरूमा दक्षिण भारत क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, मध्ये दक्षिण भारत क्षेत्रीय अध्यक्ष कृष्ण पौडेल, सुदुर पश्चिम उत्तर क्षेत्रीय अध्यक्ष राम बहादुर कौशल, रहनु भएको थियो। त्यस पछि महासचिव महेन्द्र वस्यालले नवौ अखिल भारत सम्मेलनका एजेंडा प्रस्तुत गर्नु भएको थियो भने केन्द्रीय सचिव राम सिंह विकले कार्यक्रमको संचालन गर्नु भएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित