कास्की । कास्कीमा क्रियाशील चार राजनीतिक दल क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल,राष्ट्रिय जनमोर्चा, नेकपा र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बेथितिका विरुद्ध एक ठाउँमा उभिने भएका छन् ।
राष्ट्रिय जनमोर्चा, कास्कीका अध्यक्ष रविमोहन ढकालको अध्यक्षतामा शनिबार (जेठ ३ गते) बसेको बैठकले पाँच बुँदे सहमति कायम गर्दै सयुक्त रुपमा अघि बढ्ने निर्णय गरेको छ ।बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा भएको भ्रष्टाचार, फेवातालको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको आदेश कार्यन्वयन, पोखरा पृथ्वी चोकको बसपार्क निर्माण, सहकारी समस्या समाधान र
ऐेतिहासिक एवम् पुरातात्विक महत्वका स्थलहरुको संरक्षण तथा राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या समधानका लागि संयुक्त धारणा कायम गरेको हो ।
बैठकमा राष्ट्रिय जनमोर्चाबाट शंकर बराल, रविमोहन ढकाल र गणेश अधिकारी, नेकपाबाट साबित्रा सी (आस्था), उमेस सी र केस सी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ७ न.ं व्युरो सेक्रेटरी नारायण अधिकारी र कास्की जिल्ला सचिवालय सदस्य दीपक गुरुङ, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)बाट टीकाराम पौडेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
बैठकले जिल्लामा देखिएका समस्याहरूलाई उठान गर्न र त्यसको समाधानका लागि अन्य राजनीतिक दलहरूसँग पनि सहकार्यका लागि पहल गर्ने निर्णय गरिएको छ । कार्यक्रम बनाएर लैजानको लागि चार सदस्यीय समिति गठन गरिएको छ । समितिमा रविमोहन ढकाल, साबित्रा दुरा (आस्था सी), नारायण अधिकारी र टीकाराम पौडेल रहनुभएको छ ।
अर्को बैठक भोलि जेष्ठ ५ गते नेकपाको कार्यालयमा बस्ने दिपक गुरुङले हाँकलाई बताउनु भयो ।

