सरकारी विज्ञापन रोक्का विरुद्ध संघर्षको कार्यक्रम सार्वजनिक

काठमाण्डौ । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी सञ्चार माध्यमहरुलाई नदिने निर्णय र परिपत्र विरुद्ध नयाँ संघर्षको कार्यक्रम घोषणा गरेको छ । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले २०८३ बैशाख ८ गते विज्ञप्ति जारी गर्दै संघर्षको कार्यक्रम सार्वजनिक गर्नु भएको हो । घोषित कार्यक्रममा २०८३ वैशाख ९ गते महासंघको सबै प्रदेश समितिले मुख्य मन्त्रीसँग छलफल गरी महासंघको धारणा प्रष्ट पार्ने ,वैशाख १० गते बिहान १० बजे महासंघको सबै जिल्ला शाखाले सबै प्रमुख जिलाा अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने ,सोही दिनमा नै दिउसो १ बजे नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा महासंघको अवधारणा सार्वजनिक गर्ने बैशाख११ गते दिउसो सबै सञ्चार माध्यमले सम्पादकीय मार्फत ऐक्यबद्धता जनाउने, सोही दिन सरकारको विभेदकारी निर्णय र परिपत्रको विरोध गर्न आह्वान गर्ने ११ गते बिहान ८ बजे पत्रकार तथा महासंघका सदस्यहरु मार्फत सामाजिक सञ्जालको प्रयोग गरी विरोधका सामग्री सार्वजनिक गर्ने, बैशाख १४गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग छलफल गर्ने ,वैशाख १५ गते नगरपालिका र गाउँपालिका महासंघसँग केन्द्रीय समिति र जिल्ला समन्वय समिति मार्फत सबै स्थानीय तहलाई सरकारको निर्णय खारेज गर्न आह्वान गर्दै ज्ञापन पत्र बुझाउने रहेको छ । विज्ञप्तिमा तीन तहको सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्रै दिन मन्त्री परिषदको निर्णय र परिपत्र विभेदकारी निर्णय, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,अन्तराष्ट्रिय मापदण्ड र नेपालको संवैधानिक मर्म विपरीत भएको बताइएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित