चिनियाँ राष्ट्रपति सि जिन पिङ्ग तीन दिने रुस भ्रमणमा

काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सि जिन पिङ्ग तीन दिने राजकीय भ्रमणमा रुस जाँदैछन् । २०८२ वैशाख २४ देखि २६ (मइ ७ देखि१०,२०२५) सम्मको उक्त भ्रमण फासीवाद विरोधी युद्धमा देशभक्तिपूर्ण विजयोत्सवको असिऔं वर्षगाँठका सन्दर्भमा सी रुस भ्रमणमा जान थालेको चिनियाँ सरकारको आधिकारिक सञ्चार माध्यम बेइजिङ रिभ्युले जनाएको छ । भ्रमणका समयमा दुइ देशको आपसी हित ,अन्तर्राष्ट्रिय पारदर्शिता ,न्याय , विश्वशान्ति र स्थिरताको पक्षमा दुई राष्ट्रप्रमुखहरुले प्रतिबद्धता जाहेर गर्ने पनि समाचारमा जनाइएको छ । रुसले चीनका निम्ति ग्यासको पाइपलाईन जडान गर्ने दीर्घकालीन परियोजना गत डिसेम्बरमा पूरा भएको छ । रुस र चीनले डिजिटल अर्थतन्त्र ,इकमर्श ,वायोमेडिसिन, विज्ञानर प्रविधि नवप्रवद्र्धन ,ग्रिन इनर्जी लगायतको क्षेत्रमा सहकार्य गरिरहेका छन् । चीन र रुस विश्वकै ठूला व्यापारिक साझेदार हुन् गत २०२४ मा मात्र २४४.८ विलियन अमेरिकन डलर व्यापार गरेका थिए । सि राष्ट«पति भएदेखि उनको यो ११औं रुस भ्रमण हो । फरक फरक ठाउँमा विभिन्न सन्दर्भमा पुटिन र सि ४० पटक भेटघाट गरिसकेका छन् । विश्वका दुइ शक्तिशाली नेताहरुकोबीचमा वर्तमान विश्वव्यवस्था ,रुस युक्रेन युद्ध , मध्यपूर्वको समस्या र भारत पाकिस्तान तनावका बारेमा समेत छलफल हुन सक्ने बताइएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित