- मानबहादुर भण्डारी ‘रक्तिम झिल्को’
– भोकै प्यासै बसियो कति अनिदो
तर अभियान सदा आनन्दिलो
छाडी सारा घरका काम लागियो निरन्तर
रत्तिभर छैन पछुतो मनमा सन्तोष अपार
चल्छ अभियान निरन्तर बनेर मुल प्रवाह
काट्नेले कुरा जति काटे पनि छैन कुनै प्रवाह
घरपरिवारको बिचल्ली बावजुत समर्पित
सारा हाँसिखुसि जोश जाँगर गरेर अर्पित
जति गर्नु पर्ने हो त्यति गर्न सकिएको छैन
आँट हिक्मत जिवन्त छ थाकियको छैन
कामको मुल्यांकन गरि माया दिने पनि यहि
चाहिदो नचाहिदो खुराफात गर्ने पनि यहि
अगाडि ज्यु हजुरी पछाडी कुरा काट्ने पनि यहि
धारे हात लाउने पनि यहि गुणगान गाउँने पनि यहि
कसैले कुरा काट्छ्न हामी बिग्रीयौ रे
कसैले स्याबासी भन्छ्न हामी सप्रीयौ रे
हामी कलाकार पार्टी क्रान्तिको काम गरेका छौ
न पत्याय हेर हाम्रो जिम्मेवारी पूरा गरेका छौ
सिर्जना गर्छौ जनबादी गीत गजल अनि कबिताहरु
क्रान्तिकारी नाटक कथा फिल्म अडियो भिडियोहरु
जनबादी साहित्य कला संस्कृतिको सेवा गर्नु हाम्रो काम
यहि कामको सार्थकता मा जोडिन्छौ लियर पार्टीको नाम
अन्याय अत्याचार बिरुद्ध आगो ओकल्नु
असमानता विभेद बिरुद्ध कलम चलाउनु
श्रमजीवी किसान मजदुरको मुक्तिको गाथा लेख्नु
मुक्ती यात्रामा साँस्कृतिक मोर्चाको कमाण्ड सम्हाल्नु
मेरा सिर्जना शोषक सामन्ती चिन्तन बिरुद्धका प्रहार हुन
मेरारचना प्रतिकृयाबादी राज्यसत्ता बिरुद्धका आवाजहुन
मुक्ती योद्धाहरुको लागि अघि बढ्ने साहस र उर्जा हुन
जनताका लागि देखिएका सुन्दर सपनाहरुका बिम्ब हुन
जनताका आवाज लेख्न रोक्न र छेक्ने सपना नदेख
हसिँया हथौड़ा को झण्डालाई झुकाउने कल्पना नगर
आगोको झिल्का सँग खेल्ने कुचेस्टा नगर
लेखिन्छ्न बिरताका ईतिहास कलम भाच्ने आँट नगर!