कविता गोष्ठी तथा साहित्य विमर्श कार्यक्रम सम्पन्न

 

सिम्रुतु, रुकुम । ढिलोगरी प्राप्त समाचार अनुसार इच्छुक सांस्कृतिक प्रतिष्ठानको मुख्य आयोजना तथा त्रिवेणी प्रज्ञा प्रतिष्ठानको सह आयोजनामा चैत २१ गते सिम्रुतुमा साहित्यिक गोष्ठी सम्पन्न भएको छ ।गोष्ठीमा स्थानीय तथा केन्द्रीय स्तरका १४ बढी कविहरुले कविता वाचन गरेका थिए । कविताले वर्तमान देशको अवस्थाका बारेमा भाव व्यक्त गरेका थिए ।
कविता वाचन गर्नेहरूमा ईश्वरीप्रसाद गैरे, धनेश्वर पोखरेल, कुबेर ओली, गोपाल ओली, कुबेर मल्ल, कृपाराम ओली, छविलाल, नन्दीश अधिकारी, दिलिप देवकोटा, आमबहादुर खत्री, वालाराम मल्ल, देवा शर्मा, किस्मत विक लगायत थिए ।
कविता वाचन पछि साहित्य लेखन, प्रगतिवादी साहित्य र सौन्दर्य चिन्तन सम्बन्धमा विषयवस्तु प्रस्तुत गरिएको थियो ।
यसरी साहित्य विमर्शका विषयमा तीनजना वक्ताहरुले धारणा व्यक्त गर्नुभएको थियो । “साहित्य लेखनमा विषय उठान र त्यसको वैचारिक निरुपण” मा मित्रलाल पंज्ञानीले विषय प्रस्तुत गर्नुभएको थियोे भने “साहित्यमा वर्गीयता र समाजवादी यथार्थवाद” विषयमा प्रा।डा। नन्दीश अधिकारी र “मार्क्सवादी सौन्दर्यशास्त्रमा साहित्यको रुप र अन्तर्ववस्तुको संयोजन” विषयमा प्रा।डा।जगदीश चन्द्र भण्डारीले सङ्क्षिप्तमा विषय प्रस्तुत गर्नुभएको थियोे ।
उक्त कार्यक्रममा त्रिवेणी गाउँपालिका प्रमुख गणेशकुमार केसीले कार्यक्रमको महत्त्व र आवस्यकताका बारेमा विचार व्यक्त गर्नुभएको थियोे ।
इच्छुक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुस्खीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन त्रिवेणी प्रतिष्ठानका सदस्य सचिव नवराज खड्काले गर्नुभएको थियोे र स्वागत सो प्रतिष्ठानका उपकुलपति मनलाल ओलीले गर्नुभएको थियोे ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित