प्रा.डा. जगदीशचन्द्र भण्डारी
सत्तामा बसेको मानिस
मानिस नभएर
एउटा छुट्टै प्रजातिको
जाति हो
यसलाई तपाईं
लामो समयदेखि
केही फरक खान्की
ख्वाइएको पालिएको
गधा वा यस्तै यस्तै
केही भन्न सक्नुहुन्छ
जो मानिसले भन्दा
भिन्न चिजबिज खाएर
लुकीलुकी
मोटाएको हुनसक्छ
दलाल भन्न सकिन्न
तस्करभन्दा पनि
उसको गरिमा खुम्चिन्छ
जे होस्
आजकाल
उसको चर्चा धेरै छ
गायक नायक
सर्जक लेखक
सबै विधामा
ऊ नै महान
जे होस्
उसकै बाजा बजेको छ
मानिस मुर्ख ठानिएका छन् ।
Comments

