दिल्ली । मुल प्रवाह अखिल भारत नेपाली एकता समाज फरिदावाद नगर समितिको १५ औं नगर सम्मेलन पछिको प्रथम भेला १५ अगस्ट २०२२ अर्थात् ३० साउन २०७९ का दिन सम्पन्न भएको छ । फरिदावादको सन्तोष नगरमा बिनि माधव पौडेलको अध्यक्षता, थम्मन थापाको संचालनबाट अगाडि बढेको सो भेलामा प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सचिव नारायण शर्मा रहेका थिए । भेलाका अतिथिहरुमा केन्द्रीय सदस्य मधुलाल भूसाल, महिला विभागकी अध्यक्ष कमला भूसाल, हेबल्हेम्ला एरियाबाट केवल बुढाथोकी र रक्तिमबाट नविन खनाल लगायत रहेका थिए ।
शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण पछि उपस्थित जनसमुदायहरुलाई किसान पुनले शब्दबाट र रक्तिमका कलाकारहरुले गीतबाट स्वागत गरेका थिए । भेलाको उद्घाटन केन्द्रीय सचिव नारायण शर्माले गरेका थिए । आमन्त्रित अतिथि कोषप्रसाद पौडेलले भेलामा कार्यकारिणीहरुको प्यानल प्रस्तुत गरेका थिए । प्रस्तुत प्यानललाई भेलाले व्यापक छलफल पश्चात् सर्वसम्मत रुपमा पारित गरेको थियो । भेलाले १३ पूर्ण र २ बैकल्पिक, ६ सल्लाहकार गरी १९ सदस्यीय नगर समिति चयन गरेको छ । भेलाद्वारा सर्वसम्मत रुपमा निर्वाचित समितिको अध्यक्षमा विनिमाधव पौडेल रहेका छन् । समितिको उपाध्यक्ष केवल बहादुर बुढाथोकी, सचिव थम्मन थापा, सहसचिव विरु चन्द र कोषाध्यक्ष किसान पुन रहेका छन् । समितिका पूर्ण सदस्यहरुमा नविन खनाल, चुमन घर्तीमगर, प्रेम थापा, हिरा थापा, भुमिसरा बुढाथोकी, कमला भूसाल र केशव भूसाल रहेका छन् । पूर्ण सदस्यको एक स्थान रिक्त राखिएको छ । समितिका बैकल्पिक सदस्यहरुमा हरिबहादुर वि.क. र अयोध्या चालिसे रहेका छन् भने सल्लाहकारमा गीता पौडेल, माधव आचार्य, राजु पौडेल, कुमारी थापा र सकुन्तला भूसाल रहेका छन् ।
केन्द्रीय सदस्य मधुलाल भूसालले नवनिर्वाचित समितिलाई बधाई दिंदै अवसरवादी दक्षिणपन्थीहरुको लागि यो नयाँ समिति चुनौतीपूर्ण रहेको बताएका थिए । सम्बोधनका क्रममा उनले फरिदावादमा आइपर्ने नेपाली मजदुरहरुको समस्यामा जुनसुकै बेला पनि उपस्थित रहने प्रतिबद्धता जनाउँदै विभिन्न खालका डर धम्कीको पनि यो समिति समाना गर्न तयार रहनुपर्ने बताएका थिए ।