फरिदावाद , भारत । अखिल भारत नेपाली एकता समाज पश्चिम (उत्तर क्षेत्रीय समितिको प्रमथ भेला दिनांक १७ दिसंबर २०२३ का दिन फरिदावादमा सम्पन्न भएको छ । थम्मन थापाको अध्यक्षता, मधुभूसालको संचालन ,केवलबहादुर बुढाथोकी र रक्तिमका कलाकारहरुको स्वगतमा अगाडि बढेको भेलाको प्रमुख अतिथि नेकपा (मशाल)का केन्द्रीय सदस्य शशिधर भण्डारी रहेका थिए । अन्य अतिथिहरुमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव नारायण शर्मा, केन्द्रीय सदस्य खेम न्यौपाने, विनीमाधव पौडेल, कोष प्रसाद पौडेल, केन्द्रीय बैकल्पिक सदस्य सिमा क्षेत्री, केन्द्रीय सल्लाहकार सदस्य खगिसरा बुढाथोकी, विद्यार्थी केन्द्रीय सहसचिव गोमा बुढाथोकी र रक्तिम केन्द्रीय विभागबाट नविन खनाल रहेका थिए । अतिथिहरूको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।प्रथम भेलाको उद्घाटन ने क पा ९मशाल० का केन्द्रीय सदस्य क। शशिधर भन्डारीले गरेका थिए ।
भेला सफलताको शुभकामना दिनेहरूमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव नारायण शर्मा, केन्द्रीय सदस्य खेम न्यौपाने, विनीमाधव पौडेल, कोष प्रसाद पौडेल, केन्द्रीय बैकल्पिक सदस्य सिमा क्षेत्री, केन्द्रीय सल्लाहकार सदस्य खगिसरा बुढाथोकी, विद्यार्थी केन्द्रीय सहसचिव गोमा बुढाथोकी र रक्तिम केन्द्रीय विभागबाट नविन खनाल रहेका थिए ।
भेलाले बाबुराम बस्नेतको अध्यक्षतामा ११ पूर्ण ४ बैकल्पिक र ४ सल्लाहकार गरी १९ सदस्यीय अखिल भारत नेपाली एकता समाज पश्चिम उत्तर क्षेत्रीय समितिको गठन गरेको छ । उपाध्यक्ष केवल बहादुर बुढाथोकी, सचिव कोष प्रसाद पौडेल, सहसचिब अमृत केसी, कोषध्यक्ष खेम न्यौपाने रहेका छन् भने सदस्यहरुमा बिनिमाधब पौडेल, मधु भुसाल, किसन पुन, बाबुराम खड्का, नवीन खनाल र लालुमाया थापा रहेका छन् । समितिको बैकल्पिक सदस्यमा नरेन्द्र थापा, सुनिल बस्नेत र बिरु चन्द रहेका छन् । एक रिक्त राखिएको छ, सल्लाहकारमा फन बहादुर घर्ती मगर, तुलसी गैरे, खिम बहादुर विक र अयोध्या चालिसे रहेका छन् । सोही अवसरमा सिमा क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय पश्चिम उत्तर क्षेत्रीय महिला विभागको पनि गठन गरेको छ । जसमा सचिव सुमित्रा खनाल, कोषाध्यक्ष भूमिसरा बुढाथोकी, सदस्यहरू कमला भुषाल, कुमारी थापा, गिता पौडेल, लालुमाया थापा, सुमित्रा खड्का, विनीता खड्का, सुमित्रा देवी र रमा न्यौपाने रहेका छन् । नव गठित समितिहरूलाई प्रमुख अतिथि शशिधर भण्डारी र नारायण शर्माले बधाइ दिएका थिए ।


