अन्तर्राष्ट्रिय विषयमा रुस र अरब देशहरुको एउटै धारणा हुने

काठमाडौँ, पुस ६ । अन्तर्राष्ट्रिय विषयमा अरब देश र रुसको एउटै धारणा हुने सहमती भएको छ । रुस र अरब देशहरुले गाजामा जारी युद्ध लगायत अन्तर्राष्ट्रिय विषयमा एकै धारणा हुने कुरामा सहमती जनाएका छन् ।

छैठौं रसिया अरब कोओपरेशन फोरमको मरोक्कोको मराकेश शहरमा भएको बैठक पछि रुस र अरब देशका नेताहरुले यो विषयमा सहमती गरेका हुन् । उनीहरुले अन्तर्राष्ट्रिय विषयहरु जस्तै गाजामाथिको इजरायलको आक्रमण लगायतका विषयमा एउटै धारणा रहने बताएका हुन् ।

उनीहरुले गाजामा जारी युद्ध रोक्न संयुक्त राष्टसंघीय सुरक्षा परिषदले सक्रिय भमिका खेल्नु पर्ने कुरामा पनि जोड दिएका छन् । साथै बैठकमा रुस र अरब राष्ट्रहरुको संस्कृति, व्यापार, विज्ञान शोध तथा उर्जाको विकासका साथै मानवीय सहायताको लागि पनि सहकार्य गर्ने बताएका छन् ।

बैठकमा रुसका विदेश मन्त्री सर्गेइ लेवरोभ, अरब लिगका महासचिव अहमेद गेइटी, मध्यपूर्व र उत्तरी अफ्रिकी देशका विदेश मन्त्रीहरुको सहभागिता रहेको थियो ।

रुस अरब कोओपरेशन फोरमको सन् २००९ मा स्थापना भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित