युक्रेनभरि ‘ठूलो’ रूसी आक्रमण, कम्तिमा १८ जनाको मृत्यु

काठमाडौ, १३ पुष । युक्रेनमा रुसले गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेको संख्या १८ पुगेको युक्रेनी प्रहरीले जनाएको छ । राष्ट्रिय प्रहरीले टेलिग्राममा जारी गरेको विज्ञप्तिमा युक्रेनी वायुसेनाले रुसको आक्रमणलाई “सबैभन्दा ठूलो हवाई आक्रमण” भनी वर्णन गरेको द गार्जिएनले जनाएको छ ।

करिब १८ घण्टाको हमलामा दर्जनौं व्यक्ति घाइते भएका र अज्ञात सङ्ख्या भग्नावशेषमुनि दबिएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । युक्रेनभरि क्षतिग्रस्त भवनहरू मध्ये अपार्टमेन्ट ब्लक, विद्यालय र एक प्रसूति अस्पताल रहेका छन् ।

ड्रोन र मिसाइलहरूले शुक्रबार कम्तिमा पाँच अन्य युक्रेनी सहरहरू उत्तरपूर्वी खार्किभ, पश्चिममा ल्भिभ, पूर्वमा डिनिप्रो र दक्षिणमा ओडेसा शहरमा आक्रमण गरिएको प्रहरीले जनाएको छ ।

रुसले ठूलो हवाई हमला गरेपछि युक्रेनले सहयोग बढाउन आग्रह गरिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित