इरानद्वारा पाकिस्तानमा मिसाईल प्रहार

माघ ३ काठमाण्डौ । इरानद्वारा पाकिस्तानमा मिसाईल प्रहार गरेको छ । बुधबार पाकिस्तानको बालो चिस्तान प्रान्तमा मिसाईल प्रहार गर्दा दुई बच्चाहरुको मृत्यु हुनुका साथै तीन जना घाईते भएको अनतर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

इरानले बालोचिस्तानमा जइस अल एड्स नामक सुन्नी लडाकु समुह रहेको भन्दै उनीहरु विरुद्धमा आक्रमण गरेको बताएको छ । पाकिस्तानले यो आक्रमण गैर कानुनी रहेको र यसको नतिजा गम्भीर हुने भनेको छ ।

इरानले केही दिन अगाडि इराकको राजधानी बगदाद नजिकै रहेको भि आईपी स्थानमा आक्रमण गरेको थियो । ईरानको गतिविधिले मध्यपूर्वमा अझै युद्ध चर्किनेमा विश्व चिन्तित रहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित