काठमाडौं । गाजामा इजरायली आक्रमणको कारण लाखौं विद्यार्थीहरु अध्ययनबाट बञ्चित भएको प्यालेस्टाइनी समाचार संस्था वाफाले जनाएको छ ।
वाफाका अनुसार गाजामा इजरायलको आक्रमणमा परी हजारौं विद्यार्थीको मृत्यु भएको, हजारौं विद्यार्थीहरु घाइते र घरवारविहीन र विस्थापित भएको, शैक्षिक संस्थाहरुको ध्वंश भएको छ । संयुक्त राष्ट्र संघले हरेक वर्ष जनवरी २४ मा मनाउँदै आएको शिक्षा दिवसको सन्दर्भमा वाफाले समाचार प्रकाशित गरेको छ । समाचारमा बताइएअनुसार अक्टोबर ७ यता ६ लाख २५ हजार भन्दा बढी विद्यार्थी शिक्षा लिनबाट बञ्चित भएका छन् । शिक्षाको समग्र स्थिति नै बिग्रेको छ । ८१९३ सशक्त घाइते रहेका छन् । ४५१० मरेका र ७९११ घाइते भएका छन् ।
वेस्ट व्याकमा मात्रै २८२ घाइते, ४१ विद्यार्थी मारिएका छन् । ८५ जनालाई थुनिएको छ । २३१ शिक्षक र स्कूल प्रथम प्रशासनका मान्छेहरु मारिएका र ७५६ जना घाइते छन् । ७१ जना प्रशासकहरु थुनिएको छ वेष्ट व्यांकमा २८१ सरकारी स्कूल र ६५ संयुक्त राष्ट्र संघीय शरणार्थी क्याम्पहरु राखिएको छ । स्कूलहरु बमले उडेको छ । जसमा गाजाका ९० प्रतिशत भन्दा बढी शैक्षिक संस्थाहरु बिग्रेका छन् । ५५ स्कूलहरुलाई इजरायलले इन्टरनेटबाट बढाउने बनाएको छ । युद्ध शुरु भए यता २५४५० भन्दा बढी शहिद भएको छन् । ६३ हजार भन्दा बढी घाइते भएको र हजारौं पीडितहरु भग्नावशेषमा रहेका छन् ।
वेष्ट व्याङक गाजा स्ट्रिटमा १४ लाख विद्यार्थीहरु रहेका छन् ।
९१५३२७ जना सरकारी स्कूलमा अध्ययन गर्दछन् । जसमा सरकारी विद्यालयहरु ३६४२ सरकारी स्कूल रहेका छन् । ३४२९५५ विद्यार्थीहरु ३८४ संयुक्त राष्ट्र संघीय सहयोग एजेन्सीको स्कूलमा अध्ययन गरिरहेका छन् । १४९८७० विद्यार्थीहरु ४८७ नीजि स्कूलमा अध्ययनरत छन् ।

