सहकारीका बडाको खोट सानालाई चोट

अहिले सहकारीका बडाका खोटका कारण सानाले चोट पाइरहेका छन् । सहकारीका सन्चालकहरू सहकारीमा जोडिन आएका सानो पुँजी भएका गरीवहरूको पसिनामा रमाउने गरेका छन् । बडालाई मस्ती छ तर सानालाई शास्तीले छोडेको छैन । सानालाई आफैले जम्मा गरेको रकम नपाउने स्थितिमा पु¥याइएको छ । अहिले सहकारीका संचालकहरु सहकारीका पदाधिकारीहरुको व्यवहारले यस्तै भइरहेको छ । सहकारीमा गरिब, असहाय तथा न्यून आय आर्जन भएकाहरुको संकलित रकम आफूले अपचलन गरेर हज्जारौं बचत कर्ताहरुको रकम हिनामिना गरेको कुराले बचतकर्ताहरु देखि लिएर सहकारीसँग आवद्ध र आम नागरिकलाई चिन्तित तुल्याएको छ ।

सानो सानो रकम वा थोरै रकम संकलन गरी सामुहिक रुपमा केही गर्न सकिन्छ भनेर सहकारीको अवधारणा आएको हो। सहकारीको।मूल मर्म न्यून आय आर्जन भएका सबैको लागि भलो गर्ने हो । सहकारीबाट सस्तो व्याजदरमा आवद्धहरुले ऋण लिन पाउने कारणले पनि यो निकै प्रभावकारी मानिएको थियो ।तर सहकारीको मूल्य मान्यता विपरीत सहकारीका संचालकहरुले व्यवहार गरिरहनु वचतकर्ताहरुको रकम हिनामिना गरेर फरार हुुनु या गैर जिम्म्ेवार रुपमा प्रस्तुतहुनु निकै दुःखदायी छ ।

सहकारीमा ठगी भइरहेको नयाँ कुरा होइन तर पनि ठगीको घटना रोकिन सकेको छैन ।भर्खरै मात्र देशका आफूलाई ठूला बताउने नीति निर्माता बताउनेहरुले सहकारीमा रकम संकलन गरेकाहरुको रकम अपचलन गरेको कुरा आइरहेको छ । सहकारीमा माथिल्लो तहमा रहेकाहरुले बचत कर्ताहरुको रकम हिनामिना गरेको कुरा आइ नै रहेका छन् । अहिले झनै गम्भीर रुपमा सहकारीको पैसा हिनामिना गरेको कुरा आइ रहेका छन् ।

सहकारीको रकम बिना धितो बिना कुनै आधार मनोमानी तरिकाले खर्च गर्ने आफ्नो व्यक्तिगत काम घर ,घडेरी, जोड्ने काममा लगाउने गरेका छन् । व्यक्तिगत रुपमा खर्च गरी बचतकर्ताहरुको रकमलाई स्वाहा पार्ने ,अन्यत्र लगाउने व्यक्तिगत सुख सयलमा लगानी गर्ने जस्ता गतिविधि सहकारीका पदाधिकारीमा रहेकाहरुबाट हुनु निकै पीडाजनक रहेको छ ।उनीहरुको यस्तो गतिविधिले साना बचत कर्ताहरुलाई निकै चोट पु¥याएको छ ।अहिले पोखरा ,भक्तपुर चितवन वीरगञ्ज , भैररहवा, नेपालगञ्ज, काठमाण्डौ वाग्लुङ जस्ता जिल्लाहरुमा रहेका सहकारीहरुबाट संचालकहरुले सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका छन् । रकम हिनामिना गरी कैयौं सम्पर्कविहीन भएका छन् । जस्तै पोखराको सूर्यदर्शन सहकारी ,काडमाण्डौको स्वर्णलक्ष्मी सहकारी संस्था, बुटवलमा संचालित सुप्रिम सहकारी संस्था चितवनको सहारा सहकारी संस्था ,नेपालगंजको समानता नामको सहकारी संस्था जस्ता नाम चलेका सहकारी संस्थाहरुमा बचतकर्ताले जम्मा गरेको रकम हिनामिना भएको छ । हज्जारौं बचतकर्ताहरु सहकारी पीडित बन्न पुगेका छन् । यसबाट साना थोरै आय आम्दानी भएकाहरुलाई निकै चोट पुगेको छ । अफ्ठ्यारो, गाह्रो, साँगुरोको अवस्थामा काम लाग्ला भनेर बचतकर्ताहरुले खाईनखाई दुःखजिलो गरेर जम्मा पारेको रकममा ठुलाबडाले हाली मुहाली गरेका छन् । सहकारी पीडितहरु कतिपयले संघर्ष समिति गठन गरेर नियमित संघर्ष गरिरहेको छन् । पीडितहरु न्यायको पर्खाइमा रहेका छन् ।

आफूलाई माथिल्लो तहमा रहेका बताउनेहरुले गरेको यसखालको व्यवहारले गर्दा साना बचत कर्ताहरुलाई दिनुसम्म पीडा दिएको छ । यसले सहकारीप्रति नै सर्वसाधारणको विश्वास नरहने स्थिति बनेको छ । यस्तो अवस्थामा सहकारी संस्थाहरुमा व्याप्त ठगीलाई निर्मूल पार्नु आवश्यक छ । सहकारीबाट सानालाई परेको चोटलाई हटाउन सबैले ध्यान दिनु पर्दछ ।त्यसकोलागि सरकारले सहकारीको रकम हिनामिना गर्नेहरुलाई कानुनी कारबाहीमा छिटो भन्दा छिटो ल्याउनु पर्दछ । जो, जो सम्पर्कविहीन हुन पुगेका छन् उनीहरुको खोजी छिटो भन्दा छिटो हुन जरुरी छ । कुनै पनि शक्तिको आडमा उनीहरुले उन्मुक्ति पाउनु हुँदैन । उनीहरुलाई कुनै पनि बहानामा छोड्नु हुँदैन । सानालाई परेको चोटको चाँडोभन्दा चाँडो उपचार हुनु पर्दछ । पीडक जुनसुकै तहको माथिल्लो पदमा रहेको भएपनि कसुर अनुसारको सजाय दिइ पीडितको रकम फिर्ता गर्नु पर्दछ ।सहकारी प्रति सर्बसाधारणको विश्वास जगाउनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित