फागुन १ देखि बन्द हुँदै गोपी कृष्ण सिनेमा हल

काठमाडाैं, २६ माघ  । काठमाण्डौको नाम चलेको सिनेमाहल गोपी कृष्ण सिनेमा हल फागुन एक देखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्राईभेट लिमिटेडले एक विज्ञप्ति जारी गर्दै सिनेमा हल बन्द हुने जानकारी गराएको छ । सिनेमा हलले बढ्दो राजस्वसहित विभिन्न कारण देखाउँदै हल बन्द हुने बताएको छ ।

विश्वव्यापी महामारी कोरोनाको समयदेखि हालसम्म सिनेमा हलहरु राम्रोसंग चल्न सकेका छैनन् ।यसैको मारमा यो सिनेमा हलपनि परेको छ । सिनेमा नचल्नुमा सामाजिक संजाल तथा प्रविधिमा पहुँचको पनि कुरा रहेको जानकारहरु बताउँछन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित